आज नेपाल बन्दः सडक सुनसान, ठाउँ–ठाउँमा बम

२०७६ असार १० गते, मंगलवार

काठमाडौँ , १० असार । नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्ला इन्चार्ज कुमार पाैडेलकाे बर्बरतापूर्ण हत्या विरुद्ध अाह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण उपत्यकासहित देशभरका मुख्य राजमार्ग राती १२ बजेपछि बन्द छन् भने साना सडकमा विहानैबाट कुनै सवारी साधान चलेका छैनन् ।
बन्दका क्रममा चितवनमा एकाबिहानै बिस्फोट भएको खबर छ भने बिभिन्न स्थानमा बम फेला परेको छ । चितवनको कालीका नगरपालीकास्थित शक्तिखोर बजारमा बिहान ५ बजे विस्फोट भएको जनाईएको छ । यस्तै भितवनकै रत्नगर ननगरपालीकाको टाडिबजार नजिकै रहेको पुलछेउ र राप्ति नगरपालीकामा पनि विस्फोट भएको खबर छ ।
उता, नुवाकोटको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राति मेयर सञ्जु पण्डितको विदुर –९ स्थित घरमा प्रेस कुकर बम भेटिएको प्रहरीले जनाएको छ । उक्त बम आज बिहान मात्रै नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको प्रहरीले जनाएको छ ।
उता, बन्दको पूर्वसन्ध्यामा झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र एउटा झोलामा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीका अनुसार नगरपालिकाका मेयरको कार्य कक्ष चढ्ने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको थियो ।
यसैगरी बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ राजकोट पाण्डु पडेसको वडा कार्यालय भवनमा बम भेटिएको छ । वडा नं. ३ को कार्यालयको गेटमा बम फेला परेको प्रहरीले जनाएको छ ।
यसैगारी , पाल्पाको रामपुरमा सिलिण्डर बम विस्फोट भएको छ । रामपुर नगरपालिकास्थित शहीद बहुमुखी क्याम्पसको कम्पाउण्ड भित्र अज्ञात समुहले बिस्फोटनका लागि राखेको ग्याँसको सिलिण्डर बिस्फोटन भएको हो । बिस्फोटनबाट मानवीय क्षति नभएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
यसैगरी -झापाको कन्काइ माइको पुलमा बिहानै बम भेटिएको छ । बन्दको दिन बम भेटिएपछि छोटो दुरीका छिटफुट यातायातका साधनसमेत चल्न सकेका छैनन् । बन्दको बिहानै बम राखेर केही युवाहरु हिडेको स्थनीयले बताएका छन् । बम कस्तो प्रकृतिको हो भन्ने बिसय खुलेको छैन । बम राखेको स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी प्राप्त भएको छ ।
त्यस्तै झापाको कारकरभिट्टाबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । बजार तथा उद्योगहरु सबै ठप्प रहेको र बिहान सञ्चालन हुने शिक्षण संस्थाहरुसमेत बन्द रहेको र झापामा बन्दको प्रभाव पुर्ण रुपमा परेको झापाबाट हाम्रा संवाददाताले बताएका छन् ।
यस्तै बन्दको पूर्वसन्ध्यामा झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र एउटा झोलामा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीका अनुसार नगरपालिकाका मेयरको कार्य कक्ष चढ्ने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको थियो ।
त्यसैगरी – अछामको ढ्कारी गाउँपालिकाको ५ न वडा कार्यालयमा पनि आगजनी गरिएको छ । स्थानीयका अनुसार राति लागेको आगोबाट कार्यालयका सम्पूर्ण समानहरु जलेका छन् । अछामकै विनायक नगरपालिकाको पंचदेवल विनायक नगरपालिकाको वडा नं. ३ को कार्यालयमा पनि तोडफोड भएको छ ।
यसैगरी – कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट गराईएको छ। आज विहान ४ बजे नगरपालिकाको कार्यालयमै बम विस्फोट गराईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। राती १ बजे नगरपालिकाका सुरक्षा गार्ड र प्रहरीले एक जनालाई झोला नगरपालिकामा फालेर जंगलतिर गएको देखेपछि विहान डिस्पोजका लागि टिम बोलाईएको थियो।
यसैगरी – नुवाकोट जिल्लाको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राति मेयर सञ्जु पण्डितको विदुर –९ स्थित घरमा प्रेस कुकर बम भेटिएको हो ।
यसैगरी – दाङ नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्ला इन्चार्ज कुमार पाैडेलकाे बर्बरतापूर्ण हत्या विरुद्ध अाह्वान गरेको नेपाल बन्दकाे प्रभाव दाङ लगायत देशव्यापी रुपमा अाज बिहानैदेखि परेको छ ।
हेटौंडा : कार्यकर्ता हत्याको विरोधमा बिप्लप नेतृत्वको नेकपा माओवादीको आव्हानमा भएको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ ।
यसैगरी – बन्दका कारण पूर्वपश्चिम चल्ने सम्पूर्ण यातायातका साधनहरू ठप्प भएका छन् । हेटौँडा बजार ठप्प भएको छ ।हेटौंडा औद्योगिक क्षेत्रका उद्योग बन्द रहेका छन् । यस्तै जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरू पूर्णरुपमा बन्द भएका छन् ।
यसैगरी – कीर्तिपुरमा नयाँबजार गेटमा शंकास्पद वस्तु फेला परेको र रामेछापमा सिलिन्डर बम फेला परेकाे छ भने आज बिहानै बनेपा रातो पुल नजिकै विस्फोटको आवाज आएको स्थानीयले बताएका छन्।
त्यस्तै पनौती ७ स्थित ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा राखेको २ वटा प्रेसर कूकर बमलाई नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले डिस्पोज गरेको छ भने कालिकोट ,तनहु,उदयपुर, म्यादी ,पर्वत,गाेर्खा बम विस्फोट भएको बुझिएको छ ।

प्रतिक्रियाहरु