आज देशभर भारी वर्षा हुने

२०७५ असार १७ गते, आईतवार

काठमाडौं, १७ असार । जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले मनसुन सक्रिय भएकाले बाढीको खतराबाट सचेत हुन आग्रह गरेको छ । पूर्वानुमान शाखाले मनसुन सक्रिय भएकाले देशभर पानी पर्ने हुँदा चुरे तथा महाभारत श्रंखलाका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको हो । शाखाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै सम्भव भए बासस्थान सर्न समेत आग्रह गरेको छ । शाखाका अनुसार गोरखा, धादिङ, लमजुङ तथा कास्कीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने जोखिम छ । विशेष गरी बागमती र नारायणी नदीको तटीय क्षेत्रका बासिन्दा सचेत हुनु पर्ने देखिएको छ । यस्तै कन्काई, कोशी, कमला, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीसहितका सबै मुख्य नदीमा पानीको बहाव बढ्दै गएको छ । मौसमविद्का अनुसार गत वर्ष (मनसुन) को तुलनमा यो वर्ष मनसुनको अवधि लामो हुने तथा औसत केही वढी पानी पर्ने छ । गत मनसुनमा १ हजार ३९१ मिलिलिटर पानी परेको थियो भने यो वर्ष १५ सय मिलिलिटर पानी पर्ने अनुमान छ ।

प्रतिक्रियाहरु