आज दिन र रात बराबर !

२०७४ चैत्र ६ गते, मंगलवार

काठमाडौं, ६ चैत । आज दिन र रात बराबर हुने भएको छ । सूर्य भु–मध्यरेखाको ठिक माथि पर्ने भएकाले दिन र रातको समय बराबर हुने भएको हो । ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत्’ भनिने ज्योतिषी डा. सुनिल सिटौलाले बताए । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन हो । आज पृथ्वीको ध्रुवी क्षेत्रवाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ । भोलिबाट उत्तरी गोलार्द्धमा रातभन्दा दिन लामो र दक्षिणी गोलार्द्धमा दिनभन्दा रात लामो हुन थाल्छ । सूर्यको किरण पृथ्वीमा पर्ने चार भौगोलिक दिनहरुमा मेष विषुवत, दक्षिणयन आरम्भ, तुला विषुवत र उत्तरायण आरम्भ हुने दिनहरु पर्दछन् । जसलाई आधार मानेर राशिचक्र गणना र ऋतु परिवर्तन हुने गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार