आज दाङ बन्द

२०७४ मंसिर ६ गते, बुधबार

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी दाङले अाव्हान गरेको दाङ बन्दको प्रभाव बिहानैदेखि परेको छ । बन्दका कारण यातायातका , कलकारखाना, उद्योग, व्यापार व्यवसाय, शिक्षण संस्था सबै बन्द रहेका छन् । यहि मंसिर २ गते मध्यरातमा दाङको रामपुरमा प्रहरीले स्थानीय सीता चौधरीलाई प्रहरीले लछारपछार पारेको र कार्तिक ३ गते आफै हिडडुल गर्न र खाना समेत नसक्ने अशक्त पाटनलाई गिरफ्तार गरि अ्मानबीय र क्रुर व्यबहार गरेको भन्दै राज्यको यस्ता दमनकारी रबैया तुरुन्त बन्द गरि अशक्त पाटन लगायत गिरफ्तार परेका सबैको बिनासर्त रिहाइको माग गर्दै जिल्ला बन्दको गरेको नेकपा दाङले जनाएको छ।
राजनैतिक आस्थाका आधारमा दाङका विभिन्न स्थानबाट पार्टीका कार्यकर्ता, समर्थक शुभचिन्तकहरुलाई गिरफ्तार गर्ने, घरहरू खानतलासी गर्ने घरपरिवारलाई अनावश्यक दुख दिइरहेको, शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि गर्न पाउने अधिकारमाथि समेत अघाेषित प्रतिबन्ध लगाइएकाे जस्ता राज्यको दमनकारी रबैया तत्काल बन्द गर्न र गिरफ्तार परेका नेता कार्यकर्ता समर्थकलाई निसर्त रिहाइकाे मागप्रति सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।
अहिलेसम्म दाङमा पार्टीका १९ जना कार्यकर्ता, समर्थक र सुभचिन्तकलाई विनाकारण घरबाटै लगेर प्रहरीले हिरासतमा राखिरहेको नेकपा जिल्ला सेक्रेटरी सविन पाेख्रेलले जानकारी दिए । पार्टीले पटकपटक नागरिक स्वतन्त्रतालाई अङ्कुस नलगाउन प्रहरी प्रशासन,सरकार र संसदवादी दलहरुलाई आग्रह गर्दाागर्दै पनि कांग्रेस माके गठबन्धन सरकारको भड्काबमा प्रहरी प्रशासन परिरहेकाेे, ससदिय व्यवस्थाको चुनाव बनाउने बहानामा वर्तमान कांग्रेस माके गठबन्धन सरकारले क्रान्तिकारी जनसमुदाय, नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकलाई समेत अनावश्यक दुख दिइरहेकाले जिल्ला बन्द गर्नुपरेको उनले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु