आज तीज , शिवालयहरुमा घुइँचो

२०७५ भाद्र २७ गते, बुधबार

काठमाडौं,२७ भदौ । आज तीज , हिन्दू नारीहरु सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएर भगवान शिवको पूजा आराधना र ब्रत बसी गरी मनाउदै छन । काठमाडौंको पशुपतिनाथ, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा लामबद्ध भई महिलाहरुले पूजा आराधना गरिरहेका छन् । भगवानको आराधनासहित तीजका दिन महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्र्षभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन् ।
पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउन गरेको उपवास व्रतलाई हरितालिका तीज भनिएको मान्यता हिन्दू धर्मले राखेको छ । हिमालयकी पुत्री पार्वतीले बाल्यकालदेखि महादेव स्वामी पाऊँ भनी कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका तीजको व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ । हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ ।
परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरु निराहार र निर्जल बसी भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्ने गर्दछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार