आज जिब्रो छेडने जात्रा

२०७२ बैशाख २ गते, बुधबार

काठमाडौं, २ वैशाख । भक्तपुरस्थित मध्यपुर थिमीको बोडेमा आज जिब्रो छेड्ने जात्रा मनाइंदै छ । प्रत्येक वर्ष वैशाख २ गते मनाइने प्रसिद्ध जात्रामा यस वर्ष पनि बोडेका ३४ वर्षीय जुजुभाई वाँसश्रेष्ठले फलामको १० इन्च लामो सियोले जिब्रो छेडाउंदै छन् । विगत ६ वर्षदेखि जिब्रो छेड्न थालेका वाँस श्रेष्ठले यस वर्ष पनि संस्कृतिलाई जीवन्त राख्न सातौं पटक जिब्रो छेड्न लागेको बताएका छन् ।
आजै मध्यपुरथिमी नगरपालिका क्षेत्रका वासिन्दाले हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात सुथ: सिया जात्रा पनि मनाउंदै छन् ।
थिमिमा चैत्त मसान्त देखि सुरु भएको विस्केट जात्रा मध्ये आज विशेष रुपमा मनाईने सिन्दुर जात्राका सुरुवातमा विहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ भने हिजोदेखि विष्णुबिर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको छ ।
उता, भक्तपुरमा विस्केट जात्राका क्रममा ठड्याइएको लिङ्गो हिजो साँझ ढालिएको छ ।
आठ रात नौ दिनसम्म मनाइने यस जात्रामा अस्ति राती तान्त्रिक विधि अनुसार ठड्याइएको ५५ हात लामो लिङ्गोको टुप्पोमा नाग र नागिनीको प्रतीक स्वरूप दुईवटा ध्वजा बांधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले बाध्ने प्रचलन रहेको छ ।
त्यस्तै लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाश भैरवका ध्वजा समेत भनिन्छ । हिजो दिनभर पूजा गरेपछि साँझ लिङगो ढालिएको हो ।

प्रतिक्रियाहरु