आज गाइतिहार

२०७१ कार्तिक ६ गते, बिहीबार

काठमाडौ, ६ कात्तिक । यमपञ्चकको तेस्रो दिन आज देशभर गाई पूजा गरिदैंछ । आजको दिन विहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मिठामिठा परिकार खान दिने गरिन्छ । आजै धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पनि गरिंदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार आज सांझ घरको चारैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भयाङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ ।
लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन् । लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन छ ।
लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ । आज साँझ किशोर किशोरीले समूह बनाई घरघरमा भैलो खेल्छन् ।
यसरी भैलो खेल्दै हिंड्ने समूहलाई धान, चामल, पैसा र नैबेद्य दिने चलन छ । गृह मन्त्रालयले साँझ ९ वजेपछि देउसी भैलो नखेल्न सुचना जारी गरेपछि भने कतिपय आक्रोशित बनेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार