आज कैलाली बन्द

२०७४ चैत्र ३ गते, शनिबार

काठमाडौं, ३ चैत । नेपाल कम्युनिस्ट पार्टीले अाज कैलाली बन्दको आह्वान गरेको छ । विवादित मेयर ममताप्रसाद चौधरीको घटनासँग जोडेर अाफ्ना नेता-कार्यकर्ताक गरेर झुट्टा मुद्दा लगाएको भन्दै विरोधस्वरुप नेकपाले बन्दको आह्वान गरेको हो । आज विहानैदेखि जिल्‍लामा यातायात, बजार कलकारखाना पूर्ण रुपमा ठप्‍प छन् । नेकपाका सेती ब्यूरो इन्चार्ज सिकिन्दरले एक विज्ञप्ति निकाल्दै मेयर ममताप्रसाद चौधरीको घटनासँग अाफ्ना नेता कार्यकर्ताको संलग्नता नभएको तर प्रहरीले गिरफ्तार गरेर झुट्टा मुद्दा लगाएको भन्दै विरोध गरेका छन् । उनले गिरफ्तार नेता-कार्यकर्ताको रिहाईको माग गर्दै कैलाली पार्टीले अाह्वान परेको एक दिने बन्दमा सहयोग गर्न अपील गरेका छन् ।
यसअघि कैलाली इन्चार्ज महान र सेक्रेटरी अमरले जारी गरेका थिए । विज्ञप्तिमा झुट्टा मुद्दा लगाई नेता कार्यकर्ता सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै आपत्ति जनाइएको छ । नेकपा कैलालीले गिरफ्तार गरिएका नेता–कार्यकर्ताको रिहाईको माग समेत गरेको छ ।
“दलाल राज्य व्यवस्था, भ्रष्ट जनप्रतिनिधि र समाजमा बढिरहेको महिला हिंसा, रुढीवादी विकृतिविरुद्ध बोलेकै कारण फरक राजनीतिक आस्थाका आधारमा पूर्वाग्रह राखि गिरफ्तारी बढाएपछि सयौं नेता कार्यकर्ता घर छोड्न बाध्य भएका छन् । न्यायको पक्षमा उभिन र प्रहरी ज्यादतीको विरोधमा संघर्षको बाटोमा अघि बढ्न बाध्य पारिएको छ” विज्ञप्तिमा भनिएको छ । नेकपाले आज साँझ जिल्लाभरी मशाल जुलुसको आयोजना गरेको छ । बन्दमा सहयोग गर्न सबैसँग अाग्रह पनि विज्ञप्तिमा गरिएको छ ।
मेयर चौधरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेकपाको युवा संगठन योङ रेड फोर्सका केन्द्रीय सदस्य कमल क्षेत्री, घोडाघोडी नगरपालिका सेक्रेटरी भरत शाह, टिकापुर नगर सेक्रेटरी हृदय बोगटी, धनगढी उपमहानगरपालिका सदस्य पुरन खनाललाई गिरफ्तार गरेको छ । प्रहरीले घटनाका दोषी भन्दै पत्रकार सम्मेलन अायोजना गरेरै नेकपाका नेताहरुलाई सार्वजनिक समेत गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु