आज किसुनजीको स्मृति दिवस

२०७१ फाल्गुन २० गते, बुधबार

काठमाडौं, २० फागुन । आज नेपालि काँग्रेस संस्थापक नेता एवम् पूर्वप्रधामनमन्त्री कृष्णप्रसाद भट्टराईको चौथो स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । नेपालि काँग्रेसले आफ्ना संस्थापक नेताको स्मृतिमा काँग्रेसले भने कुनै औपचारिक कार्यक्रम आयोजना गरेको छैन ।
पार्टीले भट्टराईलाई बिर्सेकामा काँग्रेसभित्र रहेका उनका अनुयायी चिन्तित भएका छन् ।यसअघि भट्टराईका लागि सरकारले बनाइदिएको ललितपुरको बाँडेगाउँस्थित आश्रममा कार्यक्रम हुने गरेको भए पनि यसपटक भने नहुने भएको छ । आश्रम परिसरमा स्मृति दिवसका दिन भट्टराईको पूर्ण कदको प्रतीमा अनावरण गर्ने कार्यक्रम तय भएको थियो ।
सन्त नेताका रुपमा परिचित भट्टराईको ८७ वर्षको उमेरमा २०६७ साल फागुन २० गते निधन भएको थियो । भट्टराईको जन्म पिता संकटाप्रसाद र माता ललितादेवीको कान्छा छोराका रुपमा विक्रम सम्वत १९८१ पुस ८ गते भारतको बनारसमा भएको थियो ।
०३३ सालमा बीपी कोइरालाबाट कार्यबाहक सभापतिको जिम्मेवारी पाएका उनले ०५३ सालसम्म अनरवत रुपमा पार्टी सभापति सम्हालेका थिए ।
तत्कालिन विद्रोही माओवादी र सात राजनीतिक दलबीच भएको १२ बुँदे समझदारीसँगै काँग्रेसले संवैधानिक राजतन्त्रको धार परिवर्तन गरी गणतन्त्रलाई पार्टीको लक्ष्य बनाएपछि भट्टराईले जीवनको उत्तराद्धमा आफू काँग्रेस नभएको घोषणा गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु