आज ईद उल फित्र

२०७७ जेष्ठ १२ गते, सोमबार

काठमाडौँ, १२ जेठ । आज मुस्लिम धर्मावलम्बीहरूकाे मुख्य पर्व इल उल फित्र, नेपालमा पनि मुस्लिम समुदायले विशेष नमाज पाठ गरी याे पर्व मनाउँदै छन् । एक महिने रमजान (राेजा व्रत) समापन भएको खुसीयालीमा याे पर्व मनाउने गरिन्छ । इदको अर्थ खुशी मनाउनु पनि हाे । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन देशभर मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्छन् । तर यस वर्ष भने विश्वव्यापी काेराेना भाइरस महामारीका बीच याे पर्व घरभित्रै सीमित भएकाे छ । सार्वजनिक स्थान (मस्जिद) मा भेला भएर प्रार्थना गर्न निषेध गरिएपछि मुस्लिम समुदायहरू घरभित्रै नमाज पाठ र प्रार्थना गरी मनाउँदै छन् ।
दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आर्शीवाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
खुशीपूर्वक दान गरेर दिन दुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यस अवसरमा आज बिहान स्नान गरी नयाँ कपडा लगाएर नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरेपछि ठूलाबडाकहाँ आर्शीवाद लिने क्रम शुरु भएको छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष दिन दुःखी र गरीबलाई दान दिनु हो ।
इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईद उल फित्र – ‘ईद’ र ईदुज्जुहा – ‘बकरी ईद’ हुन् । यी दुईमध्ये पहिलो पर्व ईदु उल फित्र हाे । रमजानका २९ वा ३० दिन रोजा – राखेको खुसियालीमा याे मनाइन्छ । दोस्रो पर्व भने त्यो अद्वितीय कुरबानी अर्थात् बलिदानको सम्झना हो, जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए । इस्लाम धर्मावलम्बीहरूले संसारभरि नै प्राय: एकै किसिमले मनाउने यो चाड नेपालमा बसोबास गर्ने मुस्लिम समुदायले पनि धुमधामका साथ मनाउँदछ्न् । यस क्रममा नेपाल सरकारले अाज सार्वजनिक बिदा समेत दिएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार