आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस

२०७६ जेष्ठ १५ गते, बुधबार

काठमाडौं, १५ जेठ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस ८ हजार ८ सय ४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । आज सगरमाथाको सफल आरोहण भएको ६६ वर्ष पूरा भएको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन सगरमाथाको सफल आरोहण गरी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ ।
सगरमाथा आरोहण इतिहासको यो अवधिमा ८ हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । आरोहणका क्रममा हालसम्म २९० बढीको निधन भइसकेको बताइएको छ । आरोहणका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् । पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको २४ औँ पटक आरोहण गरि विश्व कीर्तिमान कायम गरेका छन ।

प्रतिक्रियाहरु