आज अक्ष तृतीया

२०७५ बैशाख ५ गते, बुधबार

काठमाडौं, ५ वैशाख । आज अक्ष तृतीया पर्व जौको सातु खाएर मनाईंदै छ । वैशाख शुक्ल तृतीया पनि भनिने यो पर्वमा जप, तप, हवन, दान गर्ने प्रचलन रहेको छ । यो दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने विश्वास रहिआएको छ । यस दिन माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गर्ने चलन छ । यो दिन जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गर्ने चलन रहेको छ । घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो । यो दिनलाई कुनै पनि शुभ कार्यका शुभ सिद्ध मुहूर्त मानिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार