आजबाट पुरुषोत्तम मास ( मलमास) सुरु

२०७५ जेष्ठ २ गते, बुधबार

काठमाडौं, २ जेठ । हरेक तीन वर्षमा एक पटक आउने अधिक मास, मलमास अथवा पुरुषोत्तम मास शुरु भएको छ । जेठ ३० गतेसम्म रहने यसअवधिमा हिन्दु धर्मालम्बीहरु पूजापाठ, भगवद् भक्ति, व्रत, जप र योग आदि धार्मिक काय गर्दछन् । यस समयमा गरिएको धार्मिक कार्य अरु कुनैपनि महिनामा गरिएको पूजापाठ भन्दा दश गुना फलदायी हुने मान्यता रहेको छ । यसअवधिमा दिनमा सबै मांगलिक कार्य भने गरिन्छ । सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडीपछि पर्ने दिनलाई मलमास भनिन्छ ।
सौर्यमानअन्तर्गत ३ सय ६५ दिनको एक वर्ष र चन्द्रमानअन्तर्गत ३ सय ५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर पर्नेछ ।
यसरी ३२ महिना १६ दिन ४ घडीपछि थपिने एक महिना अधिकमास अर्थात् मलमासका रुपमा मानिन्छ । मलमासमा दान गर्ने परम्परा छ । साथै यस समयमा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने मान्यता पनि छ ।
मूलतः यस अवधिमा श्राद्ध तथा पितृकर्म, विवाह व्रतवन्ध, चूडाकर्म, सप्ताह, नवाह, महारुद्री, शतचण्डीसहित शुभ मूर्हुतका गृह प्रवेश, नयाँ कार्यको थालनी, यात्रा, कार्यको शुभारम्भ नगर्न शास्त्रमा उल्लेख छ । अधिक मासमा नव विवाहित दम्पत्तिलाई अलग बस्न प्रेरित गरिन्छ । दैनिक विहान बेलुकाको पूजा र पुरुषोत्तम पूजा र कथा श्रवण भने गर्न मिल्ने धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यस अवसरमा काठमाडौंको कीर्तिपुरस्थित मच्छेनारायणमा मेला लाग्ने गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार