आजदेखि सुविसु क्यान इन्फोटेक

२०७१ माघ १४ गते, बुधबार

काठमाडौं।‘क्यान इन्फोटेक तथा सूचना प्रविधि सम्मेलन’आजबाट शुरु हुने भएको छ ।सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ प्रविधिको प्रदर्शन तथा यो क्षेत्रको विकास विस्तार गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल क्यान कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)मा परिणत भएपछि हुन लागेको पहिलो क्यान इन्फोटेकको २१औँ संस्करणको नाम ‘सुविसु क्यान इन्फोटेक २०१५ इन एसोसिएसन विथ डेल/इन्टेल बाई नियोटेरिक नेपाल’ राखिएको छ।प्रधानमन्त्री शुसिल कोइरालाले क्यान इन्फोटेकको २१औँ संस्करणको समुद्घाटन गर्ने क्यान महासङ्घका अध्यक्ष इ विनोद ढकालले जानकारी दिए । सूचना र प्रविधिको क्षेत्रमा विश्वभर वर्षभरि भएका नयाँ संस्करणलाई सम्मेलनमा राखिने र त्यसको सम्पूर्ण तयारी पूरा भएको ढकालले बताए ।
सम्मेलनमा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा र हल बाहिर तीनवटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेका छन् भने ट्रसमा १४४, ओप स्पेस १४ र फुट कक्ष नौ गरी जम्मा २१९ वटा कक्ष रहने छन्।प्रदर्शनीमा हार्डवेयरसेल्स तथा मल्टिनेन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनस्, आइसिटी कजेल तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसनस, पेमेन्ट सोलुसनस रहने छन्।शीर्ष प्रायोजक सुविसु केबलनेटले ग्राहकलाई लक्षित गर्दै केबल इन्टरनेटका नयाँ तथा आकर्षक योजना सुपथ मूल्यमा सम्मेलनका अवसरमा सार्वजनिक गर्दैछ।त्यस्तै फाइबर इन्टरनेट सेवालाई घरेलु प्रयोजनका लागि सर्वसाधरणको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ सुविसुले विशेष योजना प्रस्तुत गर्ने जनाएको छ।त्यस्तै डायमन्ड स्पोन्सर सामसुङले विशेष योजनाअनुरुप दैनिक लक्की ड्र, एक्सचेन्स अफर तथा सामाको खरिदमा विभिन्न उपहार प्रदान गर्नुका साथै प्रत्येक मोबाइलको खरिदमा पाँच प्रतिशतबराबरको एनटिसी तथा एनसेलको रिजार्च कार्ड प्रदान गर्ने भएको छ ।गोल्ड स्पोन्सर वेभ सरफरले उपत्यका र आसपासका सहरका करिब ८० हजार घरमा सिधै र सजिलो इन्टरनेट सेवा तथा उपत्यका बाहिरका १२ सहरमा सञ्चालित सेवामा विशेष सुविधासहितका प्याकेज प्रदान गर्ने जनाएको छ ।सम्मेलन अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु १५० र विद्यार्थीलाई रु ७५ तोकिएको छ भने माघ १८ गतेलाई ‘विजनेश डे’का रुपमा घोषणा गरिएको र उक्त दिनको प्रत्येक शुल्क रु १५० तोकिएको आयोजकले जनाएको छ ।सूचना प्रविधि प्रयोगकर्तालाई बढावा दिने उद्देश्यले अनलाइन टिकट खरिदमा २० प्रतिशत छुटसमेत प्रदान गरिने छ।
यसैगरी, नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माण गर्ने उद्देश्यले बर्सेनि आयोजना गर्दै आएको क्यान आइसिटी सम्मेलन आगामी माघ १८ र १९ गते एभरेष्ट होटल नयाँ वानेश्वरमा आयोजना हुने छ।यस संस्करणको सम्मेलनको पनि शीर्ष प्रायोजक सुविसु तथा एसोसिएट स्पोन्सर डेल/इन्टेल बाई नियोटेरिक रहेकाले अफिसियल नाम ‘सुविसु क्यान आइसिटी सम्मेलन २०१५ इन एसोसिएसन विथ डेल/इन्टेल बाई नियोटेरिक नेपाल’ राखिएको छ।‘इन्फरमेसन कम्युनिकेसन टेक्नोलोजी फर डेभलपमेन्ट एन्ड सोसल ट्रान्सफर्मर’मूल नाराका साथ आयोजना हुने दुईदिने उक्त सम्मेलनमा सूचना प्रविधि क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञको विशेष बहस सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रियाहरु