आजदेखि राष्ट्रिय वन्यजन्तु सप्ताह सुरु

२०७२ बैशाख १ गते, मंगलवार

काठमाडौ, १ बैशाख । आजदेखि ‘हाम्रो भविष्यका लागि वन्यजन्तु’ भन्ने नाराका साथ २०औँ राष्ट्रिय वन्यजन्तु सप्ताह सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, नेपाली सेना र सौराहाका पर्यटन व्यवसायी तथा संरक्षणकर्मीको संयुक्त आयोजनामा चितवनमा साताव्यापी कार्यक्रमको घोषणा गरिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिनुभयो । घोषित कार्यक्रममा संरक्षित क्षेत्रको सरसफाइ, लोकगीत प्रतियोगिता, संरक्षणसम्बन्धी अन्तरक्रिया तथा विभिन्न चेतनामूलक कार्यक्रम, सरसफाइ, चराको अवलोकन तथा अग्नि नियन्त्रणसम्बन्धीका कार्यक्रम रहेको कार्यक्रम संयोजक सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले बताए ।
संरक्षणका लागि चेतनामूलक कार्यक्रम आयोजना गरेर यहाँ हरेक वर्ष बैशाख १ देखि ७ सम्म उक्त कार्यक्रम हुने गरेको छ । सप्ताहका अवसरमा आज औपचारिक कार्यक्रमको सुरुआतसँगै सरसफाइ र संरक्षण गीत प्रस्तुत गरिने, वैशाख २ गते सरसफाइ तथा अन्तरक्रिया, ३ गते संरक्षणमूलक गोष्ठी तथा पक्षी अवलोकन, ४ गते अग्नि नियन्त्रणसम्बन्धी कार्यक्रम रहेका छन् ।
यस्तै वैशाख ५ गते जलचर संरक्षण कार्यक्रम, ७ गते चराको अवस्थाबारे छलफल तथा अवलोकन र वैशाख ७ गते पटिहानी सौराहा मार्गको उद्घाटनलगायत घडियाल छाड्ने कार्यक्रम रहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार