आजदेखि मौसममा सुधार आउने

२०७६ पुष २० गते, आईतवार

काठमाडौं , २० पुष । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि पश्चिमी न्यून चापीय वायूको प्रभाव कम हुँदै गएकालेमौसममा सुधार आउने जनाएको छ । केहि दिनदेखि सक्रिय न्यून चापीय वायूको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासहित हिमपात हुँदा जनजीवन प्रभावित भएको थियो । देशभरका पहाडी जिल्लामा पानी पर्दा चिसो पनि बढेको छ । तर यो क्रम आजबाट सुधार हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए । यो मौसमी प्रणाली कमजोर भए पनि हाल देशका पहाडी भूभाग तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको पौडेलले बताए । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने छ । तराईका क्षेत्रमा बिहान हुस्सु लागे पनि दिउँसो मौसम खुल्ने उनले बताए। दिनभर पनि पहाडी तथा उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहे पनि बाँकी क्षेत्रमा भने मौसम सफा हुनेछ । पानी पर्ने सम्भावना भने नरहेको जनाइएको छ ।
काठमाडौँ उपत्यकासहितका क्षेत्रमा आइतबार दिनभरजसो घाम लाग्ने छ । बिहान ४.५ डिग्री सेल्सियस मापन भएको काठमाडौँको तापक्रम दिउँसो बढेर १७ डिग्रीसम्म पुग्न सक्ने मौसमविद पौडेलले बताए ।

प्रतिक्रियाहरु