आजको आवश्यकता समय सापेक्षा शिक्षा – प्रशान्त लामा दोङ

२०७४ भाद्र ४ गते, आईतवार

नीतिगत कुरामा दुनिया नै कायपलट गर्ने कुरा गरेपनि व्यवहारले चाही सिन्को नभाँच्ने हो भने बिरबलले अकबरलाई आकाशमा दरबार बनाउँछु भन्ने कुरा जस्तै हो भन्नुमा केही फरक हुदैन । राज्य कानुन सम्मत चल्छ र चलाउनुपर्छ , त्यो हिम्मत राज्य सञ्चालन गर्ने निकायले लिनुपर्दछ । यदि राज्यलाई रूल अफ ल भित्र राख्न सक्तैन भने राज्य चलाउँछु भनेर राजनीति गर्ने राजनेताले सन्यास लिएर पशुपतिमा गएर जोगी बने हुन्छ । हैन भने भट्टीमा जाँड खाएर बौलाएको जड्याह र आफूलाई राजनेता भनेर दाबि गर्ने नेताको हैसियत दिमाग एउटै हो भन्दा फरक नपर्ला । शिक्षामा कुरा चाहिँ एकाइशौँ शताब्दिको गर्ने ब्यवहार चाहि सत्रौँ शताब्दिको गरेर शैक्षिक विकास संभव छ ? खेतिमा आलु रोप्ने आशा पिडालुको गरेर हुन्छ ? यसैले कुनै पनि हालत साँच्चिकै देशको शिक्षामा आमूल परिवर्तन गर्ने हो भने अस्थायी शिक्षक जो समय सापेक्षा चल्न सक्तैन , उसलाई राज्यको बेकासुर खर्च हुने रकम एक महिनाको कटौति तथा राज्यकोषबाट बजेट बिनियोजन गरेर ससम्मान बिधाइ गर्दै नयाँ क्षेत्रमा हुन सक्ने एउटा सुविधा दिएर शैक्षिक व्यवस्थान गरे के चाही असंभव छ ? अनि समकालिन समयको लागि भित्रिएका अस्थायी शिक्षक ऐन र नियमवली अनुसार व्यवस्थापन गर्ने हो भने समस्या आउँछ ? खुरापाति राजनीति गरेर भित्रिएका झोलेहरू भित्रिन्छ ? देशको एउटा महत्वपूर्ण शैक्षिक पाटो रूल अफ ल भित्र चल्छ । अब राजनीतिक पाटो राजनीतिलाई दूरगामी बनाउने कूरा , राजनीति चोरको हातमा परे देशै चोर बनाउँछ , राजनीति फटाहको हातमा परे देशै फटाहको बनाउँछ , बेइमानी हातमा परे देशै बेइमानीहरूको बनाउँछ ? भनेपछि नेपाली राजनीति कस्तो खाले नेताको हातमा पुग्यो त ? एउटा सामान्य भन्दा सामान्य जनताले भन्छ नेपालमा राजनीति भनेको बेइमानीहरूले गर्छ किन भने राजनीतिमा इमानदार बनेर निस्क्यो भने कि त्यो नेतृत्वमा पुग्दैन , पुगे घेराबन्दीमा पार्दै उसको अस्तित्व समाप्त गर्छन । अब रह्यो दूरगामी राजनीतिको बिकल्प के त ? जवाफ प्रष्ठ छ , रत्नकर डाँकु बनेर राज्य जति लुट्यौ नि लुट्न छोडेर देशको लागि एकचोटी बालमिकि साधू बन त , महमूर्ख कालिदास बनेर जतिपटक देशलाई फेदमा राखेर हाँगो काट्यौ अब देशको लागि महाकवि कालिदास बनेर जनताको दासी बनी सेवा गर त , देश बन्दैन ? राजनीतिले दूरगामी बाटो लिदैन ? अवश्य लिन्छ यसमा दुईमत छैन । चोर पनि नछोड्ने , फेदमा बसेर टुप्पो काट्न नि नछोड्ने , राज्यभित्र ढाडे बिरालो भित्र्याउन नि नछोड्ने अनि गोहीको आँसु बगाएर देश बन्छ अर्थात राजनीति दूरगामी बन्छ ? राजनीतिमा नीति छैन भने प्रतिगामी नभएर दूरगामी हुन्छ ? यदि राजनीति नीतिमा चल्ने हो भने राजनीति दूरगामी बन्नेमा दूईमत छैन । अब आयो नीतिलाई अग्रगमण गर्ने कुरा , जब नीतिमा नविन बिचारको लागि ढोका खुल्ला राख्दछ , नीति समय सापेक्षा चल्दछ , जब नीतिलाई मूल ढोका भन्दा बाहेक अर्को ढोकाबाट छिराउँदैन भने नीतिगत कुरा एकलाईनमा अघि बढ्छ अर्थात देशको नीतिले एउटा नविन कोष लिन्छ , देश परिवर्तन हुने कूराबाट कसैले रोक्न सक्तैन । अमूक व्यक्ति महासय बनाउन तालि बजाउने नीति पारित गर्ने , अमूक ब्यक्तिलाई महाराज बनाउने , अमूक व्यक्ति कानुन भन्दा माथि राख्ने नीति बनाउने , देश ब्रह्मलुट गर्नेलाई छुट दिने नीति बनाउने अनि परिवर्तनको कुरा, नीतिगत कुरा यथास्थितिमा नरहेर अग्रगामी बन्छ ? यसैले आजको आवश्यकता समय सापेक्षा शिक्षा , दूरगामी राजनीति र अग्रगामी नीति बहसको बिषय बनेको छ ।
” शिक्षा समय सापेक्ष , राजनीति दूरगामी , नीति परिवर्तनशील हुनुपर्ने बेला शिक्षा नीति बीसौँ शताब्दिको , राजनीति प्रतिगामी अनि नीति यथास्थितिवादमा आधारित समग्र देशको नेतृत्वले कसरी परिवर्तन गरिएला , आजको गणतान्त्रिक नेपालको बहस अपरिहार्य आवश्यकताको बिषय हो ”
नयाँ संविधान निर्माण पछाडि , विधिवत तरिकाले मुलुक संघीय संरचना गएको छ । राज्यको पुनर्संचनालाई कार्यन्वयन र संस्थागत गर्ने सिलसिलामा स्थानिय तहको निर्वाचन विभिन्न खण्डमा सम्पन्न भएको छ र हुने क्रममा छ । मुलुक नयाँ संरचना पछाडि जनताको आशा र अपेक्षा ,राज्य कसैको बपौति नभएर मेरो पनि हो अर्थात हामी सबैको हो , मैले मेरो देश बन्नको केही गर्नै पर्छ , यो मेरो नागरिक दायित्व हो , म कसैको दासत्वमा छैन , मलाई देशले के दिन सक्छ भन्ने मात्र नसोच , म देशलाई के दिन सक्छु भन्ने पनि सोच भन्ने अनुभूति देशको राजनीतिक नेतृत्वले देउन भन्ने थियो । तर बिडम्बना कुकुरलाई घिउ पच्दैन , सुंगुरलाई स्वर्ग पच्दैन भनेझैँ देशको राजनीतिक नेतृत्व गर्ने नीति निर्माण तहको नेतृत्वलाई देशको विकास र संवृद्धि पच्दैन । कति बिडम्वनाको कुरो ,देशको नीति निर्माण गर्ने नेतृत्वले आफैले प्रयोग गरेको शैक्षिक साधक अपरिपक्व देख्छन भने , जवलेस देख्छन भने विकास कसरी संभव छ ? के नेपाललाई संवृद्ध बनाउने काम अहिले सर्वशक्तिमान राष्ट्रको रूपमा उदय भएको चीनका चीनियाँ नागरिक आएर गरिदिन्छन ? छिमेकी मुकुक भारतले गरिदिन्छ ? बनाउने यही देशको नागरिकले हो , जब बोट नै रोगी छ भने बोटमा फल्ने फल पोटिलाको आशा गर्नु कति जायज हो ? जब आफैले रोपेको कसिङ्गर बढार्न नलगाएर फेरि अर्को कसिङ्गर थुपार्ने काम हुन्छ भने त्यहाँ रोग ब्यधि नभएर भारतको स्मार्ट सिटी नयाँ दिल्लीमा हुन्छ ? चैनाको स्मार्ट सिटी बेइजिङमा हुन्छ ? चोरलाई ढोका थुनेर झ्याल खुल्ला राखेर छोडि दिने अनि मेरो घरमा चोर पस्यो भन्दा रोएर हुन्छ ? उर्जशील जनशक्तिलाई ढोका बन्दा गरेर सुरूङ बनाएर शैक्षिक क्षेत्रको रेल कुदाउने अनि दोष छिमेकीलाई ? नेपालीमा एउटा उखान छ नि गरिबलाई दिन्छु नभन अनि बिधवा नारीलाई लान्छु नभन भनेझैँ नेपालको शैक्षिक नेतृत्व त्यही तबरे चलिरहेको छ । नीतिमा आसै आसा देखाउने , राजनीतिक स्वार्थमा शैक्षिक माफियाको खुलमखुला बाटो निर्माण गर्ने अनि खोट अहिले आएर देख्ने ? हिजो घरमा दुलही बनाएर भित्र्याउँदा नीति निर्माण गर्ने राजनीतिक नेतृत्वको दिमागले काम नगरी पागल भएको थियो ? पक्कै थिएन । शिक्षा ऐन संशोधन गर्दा नीति निर्माण गर्ने यि राजनीतिक नेतृत्वको आँखामा फुलि भएको थियो ? आयोगलाई बन्देज बनाएर भरभरको आफ्ना झोले कमिसन खोरीहरू शैक्षिक माफियाको मिलेमतोमा योग्य जनशक्तिलाई लात हानेर बाजा बजाएर भित्र्याउने अनि खै त्यो दिन ” म ” थिएन भन्दा पागलले बोलि भन्दा फरक नपर्ला । जनता हिजो के थियो त्यता तर्फ जति गाली गलौज गरे नि पुग्दैन आजको समय सापेक्षा अनि भोलिको आशालाई उद्धेश्य बनाएर मुलुकलाई अघि बढाउने नेतृत्व अघि बढ्नु आजको आवश्यकता हो । नेपाली शैक्षिक क्षेत्र यतिखेर ” अस्थायी शिक्षक ” पेचिलो बिषय भएको छ । ढोका बन्दा गरेर भित्र्याएका अस्थायी शिक्षकलाई चाहिने अनि नचाहिने आशा देखाएर गुमराहमा राखेको देख्दा सरकार नै माफियको दलाल हो कि भन्ने जनताले आभाष गरिरहेका छन । हैन भने आफ्नो छोरी जित्न , आफू जित्न , सधैँ आफू सत्ताको वरिपरि रहान राज्यको अरबौ राज्यकोष दोहन गर्ने जाबो १७ / १८ हजार अस्थायी शिक्षकको सही ब्यवस्थान गर्न कति लाग्छ ? पक्कै पनि झ्यालबाट भित्रिएको भए पनि सबै शिक्षक अक्षम पक्कै छैनन् , केही समय सापेक्षा चल्न सक्ने पनि होला , त्यस अर्थमा भन्ने हो भने बढी ७ /८ हजार कुरो हैन । न्यूनतम आठ लाख देखि २० लाख सम्मको जाने बेला हात खाली नगरि राज्यको अंगमा रहेर सेवा बापत ससम्मान बिदा गरोस त , अनि नब जवान जनशक्ति भित्र्याओस त १०० % खुल्ला गरेर अनि शैक्षिक क्षेत्रको विकास , सम्मनत राष्ट्र निर्माण गति अगाडी बढ्छ । राज्यको ढुकुटी खाएर बसेको कर्मचारी पिसाव फेर्ने , दिसा गर्न , भट्टीमा बसेर रक्सि खाएर मातेको सुविधाको नाममा ओभरटायम , डिए , टिए तलब भत्ताको ब्यवस्था गरेर राज्य कोषको जनताको रगत पसिना चुस्न हुने , कर्मचारीलाई तिमी बसेको ठाउँमा दूरगन्ध फैलियो एक बर्षलाई यो सुविधा काटेर सफा गरौ भन्दा नहुने ? सरकार तिम्रो कामचोर कर्मचारी भट्टीमा आतेजाते गरेर राज्यको तलब खानेलाई अनेक सुविधा दिने , सरकार तिम्रो भट्टीमा बसेर अनेकन तानाबुना बुनेर लिएर आएको थप्पडी बजाउने ल्याप्चे नेतालाई मासिक लाख दिन सक्ने , राज्यकोषमा अरबौ रकम भएको तिमीहरू ब्वाँसोहरूले राज्यकोष दूर्पयोग गरेर पजेरो किन्ने , आजीवन अलिसान महलमा सुत्न पुग्ने अरबौ राज्यकोष दोहन गर्ने सुविधा हुने आफैले फालेको कसिङ्गर व्यबस्थापन गर्न एक दिन अलिसन महल बिना सुत्न नसक्ने ? एक महिनाको तिमीहरू सबैको सुविधा कटौति गर्दा के चाही बिग्रेला ?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु