आगामी तीन दिनसम्म देशभर भारी वर्षा हुने

२०७६ असार २५ गते, बुधबार

काठमाडौं , २५ असार । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशभर भारी वर्षा जारी रहने सम्भावना भएकाले बाढीपहिरोबाट सतर्क रहन आग्रह गरेको छ । धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढीपहिरोको जोखिम रहेका क्षेत्रमा बसोबास गर्नेहरूलाई होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ । बाढी पूर्वानुमान महाशाखाले पनि बुधबार चितवन, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दियालगायत आसपासका जिल्लाका खोला नदीमा बाढी आउने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार