आगामी तीन दिन मेघगर्जन,चट्याङ्गसहित वर्षा हुने

२०७६ श्रावण १७ गते, शुक्रबार

काठमाडौं, १७ साउन । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू(भाग भन्दा दक्षिण तिर अवस्थित छ र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने देखिने जनाएको छ । हाल देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भू–भागमा सामान्य बदलीको अवस्था रहेको छ,्र साथै ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा भैरहेको देखिन्छ, मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमानः
श्रावण १७ गते (शुक्रबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।
रातीः देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी पहाडि भू–भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
श्रावण १८ गते (शनिबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।
रातीः देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।
श्रावण १९ गते (आईतबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।
रातीः देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भू–भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।
आगामी २४ घण्टामा देशको केही स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पश्चिमको पहाडि भू–भागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु