आगलागीवाट १० लाखको क्षति

२०७१ फाल्गुन २० गते, बुधबार

काठमाडौं, २० फागुन । संखुवासभाको शिसुवाखोला-१ का चन्द्रकुमार कुलुङको घरमा आगलागी हुँदा १० लाखको क्षति भएको छ । मंगलबार दिउसो विद्युत सट भएर आगलागी भएको थियो ।आगलागीबाट दुई तोला सुन, १५ तोला चाँदि, एक लाख नगद, अन्न, लत्ताकपडासहितका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।घरमा जडान गरिएको बिद्युतको मिटर बक्सबाट आगो लागेको स्थानीय सिलिचुङ प्राविका शिक्षक राजेन्द्र कुलुङले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु