आखीर न तन भत्कीएको थियो न मन भत्कीएको थियो गोरखालीहरुको – भौतिक मल्ल

२०७२ जेष्ठ २ गते, शनिबार

किन– किन संबोधन आफैमा अडकीरहेको छ ।दिल खोलेर गर्न सक्ने मनस्थीतीमा छैन अंह पटक्कै छैन । देशका लागी बहत्तर साल लाग्छ सतिसाल हो ।सोचीरहेछु ! आकाशमा मडारीएको कालो बादल र पटक– पटक जिस्क्याँउदै चम्किरहेको बिजुलीले पनि केही खतराको संकेत गरीरहेछ ।भोली आउने बिहान र यो रातले पनि केही जनाईरहेछ ।हगुल्टाले हानेको कुकुर बिजुली देखी तर्सन्छ भने जस्तै भएको छ मनस्थीती पनि हावा लाग्नै हुन्न पात हल्लीनै हुन्न थर थर काँपछन हातखुट्टा ।बास्तवीक मृत्यूु भन्दा कल्पनाको मृत्यू कयौँ गुणा खतरानाक हुन्छ भन्छन ।प्राय कल्पनामै रमाँउछु ।हरपल हरक्षण केहीन केही सोचीरहेकै हुन्छु ।बहत्तर सालको बैशाख १२ गते दिउँसो ११बजेर ५७ मिनेट पछि नेपालीहरुको आँखाबाट निन्द्रा भोक प्यास सबै सबै हराईसकेको थियो ।पिडाको गहिरो भयानाँक आहालमा डुबिरहेको थियो देश सरकार भएर पनि सरकार बिहिन बनिरहेको थियो मुलुक देश कोलाहलमा थियो ।१३ गते योजना बनाएर चौध गते बिहान हिडने कुराको निधो गरीयो थोपा थोपा मिलेर सागर बन्छ सहयोगको कुनै रुप हुदैन यही सोचाई र बुझाई सहित नेपालगन्ज राँझा एरपोटका ईन्जिनिएर तथा स्थानिय युवा मित्र दिनेश थापा चक्र बि सी को पहलमा राहत तथा उद्धार कामको लागी सानो पहल थालीने पक्कापक्की भयो ।ईच्छा र आबश्यकताको परीपुर्ति भन्दापनि दुखमा सहानुभुति घाउमा मलम लगाउनु पर्छ । यो नै हाम्रो कर्तब्य हो ।यही सोचेर राहत संकलन गरेर जाने भनियो ।सानो होस या ठुलो सामाज सेवा भन्ने बित्तीकै मन हुरुकै हुन्छ ।जिन्दगी का यी सबै दिनहरु सामाज सेवामै बितेका छन ।बाँक िदिनहरु पनि सामाजकै लागी बित्नेछन ।बाह्र बर्ष को उमेर देखी हाल यो उमेर सम्मा आँउदा जिन्दगी सामाजकै लागी बितेको छ ।अझै पनि कुनै अक्सर बाँकी राखीने छैन ।साँझको सल्लाहलाई ठोस मुर्तिकृत गरेर हितैषी मित्र चक्र बि सीलाई बाँकी जिम्मा दिएर बिहान हिडियो गोरखातिर धानखोलाको भात र लोकल कुखराको झोलले पनि यात्रालाई थप रोमान्चीत बनाएको थियो ।यात्रा बाईकको हुँदा शरीरमा थकान जस्तो रंग घुमीरहेका थियोे रात नजिकी सकेको थियो ।आँबुखैरेनी को कुराई पनि लामो लाग्दै थियो ।काठमान्डौँ बाट आउने मित्र जय जी हरु पुग्नू भएको थिएन ।बसाईको आकलनलाई थप मध्यनजर गर्दै कपाल काटीयो रिचार्जहरु किनियो आवश्यक सामानहरुको ब्यबस्थापन गरीयो । आउनु भयो जय जी हरु लागीयो गोरखातिर घडीले अंक आठ दबाईसकेको थियो ।बाह्र किलो थियो सम्र्पक स्थान एकजन गोरखाकै स्थानीए ईन्जीनिएर भाई सुजन के सी आएर बसीसकेका थिए ।कच्ची र खराब सडकका कारण करीब डेढ घण्टाको बाईक यात्रा पछि पुगियो छोप्राकमा ।कुनै हिन्दी फिल्मको प्रत्यक्ष दृश्य जस्तै भयाबह देखिने त्यो सिन लाग्छ कल्पना गरी साध्य छैन ।महिना बैशाख भएपनि अषाडको भान भईरहेको थियो ।पानी पर्ला पर्ला जस्तो अत्यास लाग्दो बातावरण उराठ उराठ लाग्दो बातावरण कोलाहलमय त्यो क्षण को बखाण गरी साध्य छैन ।गंगा अछामी जी को घरको सवार्हदता र पाहुना प्रतीको सम्मान शब्दमा उतार्नै सकिन्ना ।चिरा चिरा परेको घरमा पनि छुटै प्रकारको ब्यबस्थापनले आत्मीएतालाई झन प्रगाढ बनाउथ्यो र सोच्थे नतन भत्कीएको छ आखीर न मन भत्कीएको छ गोर्खालीहरुको । हामी गोर्खाली हरु को छाती कति फराकीलो छ । भन्ने कुराको अर्को प्रस्टाँई हो ।छोप्राक र छोप्राक माथी उभीएको गंगा जी को सत्कार ।आकाश पानी खसाल्ने तर्खरमा थियो । चम्कीरहेको थियो बिजुली एकसाथ आफनै रफतारमा समय दौडीरहेको थियो ।मान्छेले सबै कुरालाई रोक्न सक्छ तर आउने प्राकृतिक प्रकोपलाई कसैले रोक्न सक्दैन ।राती पुगेको हुँदा अनुभुतिलाई चौतारीमा बिसाउनु बाहेक अरु सबै कुरा भ्रम थियो ।घरको आँगनीमा ब्यबस्थीत सुताई भयो ।एकैचोटी बिहान छ बजे आँखाले ढोका खोले आँखामा भरीएको रससंग गोर्खालीहरुको रस मिसाउनु छ अझ त्यो भन्दा बडी भुकुम्पले बगाएको रस संग साउती खेल्नु छ ।मनन हो भाबनामा पग्लनु कुनै अस्वभाबीकता थिएन ।र्गल्याम र्गुलीम ढलेका कतै मुख पाएका त कतै कहिल्यै नमिल्ने चिरा परेको दृश्य देख्दा मन त्यो भन्दा बत्र्ता चिरा परथ्यो । नयाँ मान्छे देख्नै नहुने ओईरो लाग्नू पर्ने र हात थाप्नु पर्ने कस्तो बाध्यता घर छ भनौँ भने आधा कम्मर भाँचेको र लैबरी खेल्ने घर छ । छैन भनौँ भने अगाडी उभीएको दृश्य डर लाग्दो छ ।यो प्रकृतीले पनि मान्छेलाई कुन स्थीतीमा पु¥याईदिएको छ ।हुने हार दैब नटार भने जस्तै भएको छ । हामी नेपालीलाई ।सर एउटा टाट जस्सरी पनि मिलाई दिनु परो ।बच्चा बच्ची मर्न लागी सके धनमाया पोख्रेल डाको छाडी रुन थालीन ।एउटा छोरो यही नेर पुरयिो अर्को घाईते छ ।म बुढी ढाड भाँचीएर यो अबस्थामा छू ।होमनाथ गौतम की आमा को चित्कार सुन्दा भक्कानो नछोडने सायदै कमै थिए होलान । दश महीने छोरो र दुई ओटी जवान छोरी गुमाएका ईस्मीता बिकका बुवा को र्दद सुनिनसक्नु थियो । नजिकको तिर्थ हेलाँ भने जस्तै सदरमुकाम नजिक भएर पनि सरकार र प्रशासनबाट टुहुरा थिए छोप्राक बासी अंह अहिले सम्मा कुनै राहात र उद्दार पुगेको छैन ।सबैको मुखबाट यस्तै गुनाँसो सुीनन्थ्यो ।गाँउको पन्चान्नब्बे प्रतिशत घरहरु बस्न लाएक थिएनन ।मान्छेहरु खुला ठाँउमा ओत लागीरहेका थिए ।बिहान पुरै गाँउ घुमियो सबै घरहरुको स्थीती बुझीयो हामी संग भएको सामानले कुनै छेउटुप्पो नढाक्ने देखियो ।जहाँ राहत र उद्दार टोली पुगेको छैन त्यहाँ सिधै गएर आफै आफनै हातले भएको राहत बाँडीदीने प्रमुख उद्देश्य थियो । प्राय गोरखा जानेहरुको उद्देश्य बारपाक पुग्नु नै हुन्थ्यो किनकी बरपाक केन्द्र बिन्दू र अलिक बढी क्षती भएका कारण पनि मान्छेहरको ओईरो त्यतै थियो ।हामी पनि बारपाक पुग्ने लक्ष्यलाई बिचमै बिट मारेर छोप्राक लागेका थियौँ बारपाक दुनियाँ पुगीसकेको थियो । ।हामीसंग केही त्रिपाल चाउ चाउ बिस्कुट चिउरा र औषधी सहित एक गाडी सामान थियो ।त्यो एक गाडी सामान १६८२ घरधुरीलाई मिलाएर बाँडीयो । जेनतेन दुखमा संबेदना ब्यक्त गरेर लागीयो सदरमुकाम तिर ।एक्कासी गाँउबाट सदरमुकाम पुग्दा अनुभुतिले पनि रंग फेरीएको महसूस भएको थियो । सदरमुकामका कुरा जिन्दा जिन्दा थिए । हरेक गाँउ सम्मा राहत पुगीसकेको दाबी गरीएको थियो ।राहत फाला फाल थियो सदरमुकाम गोरखामा ।एकजन राहत बितरक समितिका सदस्य आएर खुब फुर्ति लगाँउदै थिए ।हरेक भुकुम्प प्रभाबित ठाँउहरुमा राहत पु¥याई सकेका छौँ भनेर गफ लगाँउदै थिए ।त्यस्ले पनि के कुराको पुष्टी गरथ्यो भने यहाँ चर्को दलाली हुदैछ फेरी पिडीतहरुको भावनामा छुरा चलाइदै छ । जिल्ला प्रशासन संगको आवश्यक परामर्श पछि हामी पुन अर्को प्रभावित क्षेत्र तिर आरुपोखरी तिर लाग्ने कुरा ठोस गरीयो ।एउटा टयाक्टरमा सामान लोड गरेर जिपमा हिडियो थोरै ईन्जीनेर हरुको टोली र म सहित घ्याम्पसाल देउरालली डाँडा हुदै पुगियो । आरुपोखरीको चुरुम ९ नं वडा मान्छेहरु बिन्ती भाउ गर्दै बिच बाटो सम्मा लिन आईरहेका थिए ।फेरी पनि हामी देउराली डाँडा पुग्दा हावा हुरी र पानी एकसाथ आईसकेका् थियो ।भुकुम्पका झटकाहरु त बानी परीसकीएको थियो । खुला आकाशको बास त्रिपाल मुनि सास बचिरहेको थियो ।मान्छेहरुलाई बास्तबिक भुकुम्प भन्दा मानसीक भुकुम्प ले सातो पुल्तो उडाई सकेको थियो ।मानसिक्तामा क्रमभंगता ल्याईदिएको थियो ।खराब मौसमका कारण दुखी बिरामी हरु पनि बडने सम्भावना प्रवल थियो । आरुपोखरीको चुरुममा पनि आफु संग भएको सामान को घरको स्थीती हेरेर बिल्ला गरीयो ।सुत्केरी महिला र बृद्धा र गरीब परीबारलाई बर्गीकृत गरेर बाँडीयो । १२०० सय घर धुरी रहेको चुरुममा हाम्रो सामानले घाउमा मलम बाहेक अरु केही भएन ।मन पुर्ण रुपले सन्तुष्ट थिएन तै पनि चित्त बुझाउनै परथ्यो एक हातले चुरुमलाई सेप्देै अकर्को हातले मनलाई सेप्दै बिदा भईयो आरुपोखरी ९ चुरुमबाट बाई बाई चुरुम भन्दै लागीयो फेरी गोरखा तिर ।जसरी घरहरु भास्सीएका थिए त्यो भन्दा बडी मान्छेका आकाक्षां हरु भास्सीएका थिए । मान्छेको लोभ प्रलोभ र लालचलाई केही हद पछारेको स्थीती थियो ।राहत बितरण भन्दा रमिता हेर्ने हरुको लस्कर पनि कम थिएन । कहिल्यै नदेखेका आधुनिक क्यामराहरु बोकेर जाने आधुनिक मान्छेहरको लाम पनि कम थिएन । राहत र उद्धारका लागी भनेर जाने लस्करहरु पनि कमि थिएनन । राहतका ब्यानर टाँसेर जाने गाडीहरुको घुईचो पनि कमि थिएन तर बिडम्वना ती सब तस्विरहरुले बास्तबिक भुकुम्प पिडीत हरुलाई गिज्याईरहेका थिए ।गाँउको बेहाल भने अर्कै थियो ।एउटा त्रिपाल नपाएर गुन्द्री को ओत लाग्नु को पिडा भनि साध्य छैन ।

प्रतिक्रियाहरु