आइस लडाकू मोरक्कोमा पक्राउ

२०७३ बैशाख २० गते, सोमबार

काठमाडौँ, २० वैशाख । ब्रसेल्समा आक्रमणको योजना बनाइरहेका तीनजना आइएस आवद्ध व्यक्तिलाई मोरक्कोमा पक्राउ गरिएको समाचार छ
मोरक्कोको उत्तर–पश्चिमी नगर नारदुमा ती तीनजना लडाकू पक्राउ परेका समाचारमा जनाइएको छ । उनीहरु यसअघि ब्रसेल्समा हमला गरेको समूहकै सदस्य रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । उनीहरुले मोरक्को तथा ब्रसेल्सकै कतिपय स्थानका संवेदनशील स्थानमा हमलाको योजना बनाएको खुलेको छ । ती सङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाइएको छ ।
उनीहरुले मोरक्कोको सो नगरमा योजना बनाएको र उनीहरुलाई आइएसको नेतृत्वले यस्तो हमलाको निर्देशन दिएको पाइएको छ । नादुर नगरमा उनीहरुलाई पक्राउ गरिएको जानकारी मोरक्कोको गृहमन्त्रालयले सोमबार जानकारी दिएको हो । उनीहरुलाई शुक्रबार साँझ गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिइएको थियो । मोरक्कोको प्रहरीले ती व्यक्तिले नादुरमा नै आक्रमणको योजना बनाएको खुलेको हो ।- रासस-एएफपी

प्रतिक्रियाहरु