आइएसलाइ कारवाही गरे हुन्छ : राष्ट्रसंघ

२०७२ मंसिर ५ गते, शनिबार

काठमाडौं, ५ मंसिर । इस्लामिक अतिवादी समूह आइएसविरुद्ध कारवाही गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अनुमति दिएको छ ।परिषदले आइएसविरुद्ध कारवाही गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । गत हप्ता फ्रान्सको राजधानी पेरिसमा आइएसले आक्रमण गरी एक सय ३० जनाको हत्या गरेपछि सुरक्षा परिषदले यस्तो निर्णय गरेको हो ।
आइएसविरुद्धको कारवाही दोब्बर पार्ने सम्बन्धी फ्रान्सले गरेको प्रस्ताव सुरक्षा परिषदले सर्वसम्मतिले पारित गरेको हो । आइएसविरुद्धको कारवाहीका लागि राष्ट्रसंघका सदस्य राष्ट्रलाई सम्भव भएका सबै उपाय अपनाउन प्रस्ताव पनि गरिएको छ । आइएससहित अरु विद्रोही संगठनलाई नष्ट गर्न आ–आफ्नो तर्फबाट सहयोग गर्न सदस्य राष्ट्रसँग सुरक्षा परिषदले आग्रह पनि गरेको छ । आतंककारी तथा उनीहरुको आक्रमण रोक्नका लागि भइरहेका प्रयासलाई बढाउन र सहकार्य गर्न पनि जोड दिइएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु