आइएसद्वारा विस्फोट , ४४ जना मारिए

२०७३ श्रावण १२ गते, बुधबार

काठमाडौं, १२ साउन । सिरियाको उत्तर पश्चिम क्वामिश्ली सहरमा इस्लामिक अतिवादी समूह ‘आइएस’ले बुधबार गराएको विस्फोटमा परी कम्तिमा ४४ जनाको मृत्यु भएको छ । कुर्दिसहरुको नियन्त्रणमा रहेको उक्त सहरमा ट्रकमा बम राखेर विस्फोट गराइएको थियो । कुर्दिसको सुरक्षा मुख्यालयनजिक भएको विस्फोटमा अरु धेरैजना घाइते भएका छन् । आइएसले यसअघि पनि कुर्दको बाहुल्य रहेको क्षेत्रमा आक्रमण गर्दै आएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु