आइएसको हार निश्चित : अमेरिका

२०७२ असार २२ गते, मंगलवार

काठमाडौं, २२असार । अमेरिकाले इस्लामिक अतिवादी समूह आइएसको हार निश्चित हुने दाबी गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा आइएसको अस्तित्व छिट्टै सकिने दाबी गरेका हुन ।
पेन्टागनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति ओबामाले आइएस बिरुद्धको अमेरिकी हवाई कारबाही जारी रहेको भन्दै अतिवादीहरुलाई परास्त गरेरै छोड्ने प्रतिबद्धता ब्यक्त गरे ।
हाललाई सिरियामा अतिरिक्त अमेरिकी सेना थप्ने कुनै योजना नभए पनि सिरियाली तथा गठबन्धन सेनालाई निरन्तर सहयोग जारी रहने उनको भनाइ थियो ।
अमेरिकाले सिरियाको ग्याँस केन्द्रलाई निशाना बनाई हवाई हमला जारी राखेको छ । यता आइएसले भने अमेरिकी भनाईप्रति कुनै प्रतिक्रिया दिएको छैन ।
आईएसले पछिल्लो समय सिरियामा २५ जनाको शिर छेदन गरी हत्या गर्नुका साथै थुप्रैलाई नियन्त्रणमा लिएको छ ।सिरिया र इराकमा एकसाथ आतंकवादी हमला गरेको आइएसको कारबाहीमा सयौंको मृत्यु भइसकेको छ । –एजेन्सी

प्रतिक्रियाहरु