‘आँप ‘ स्वास्थ्यबर्द्धक फल

२०७६ असार २१ गते, शनिबार

काठमाडौं, २१ असार । अहिले आँपको सिजन, आँप धेरैको रोजाईमा पर्ने गर्दछ । काँचो र पाकेको दुवै आँप खान सकिन्छ । काँचो आँप अचार, तरकारी, सुकुटी बनाएर बिक्री गरिन्छ । पाकेको आँपलाई जुस बनाएर पनि खाने चलन छ । आँपमा प्रशस्त पौष्टिक पदार्थ पाइने हुँदा सन्तुलन मिलाएर खाएमा स्वास्थ्यलाई फाइदा पनि पुग्छ । आँपलाई फलको राजा भनिन्छ । शास्त्रमा यसलाई अमृत फल भनिएको छ । आँप काँचो होस् वा पाकेको, दुवैमा औषधीय गुण हुन्छ । आयुर्वेदका अनुसार, आँपका पाँचै अंग अर्थात् बोक्रा, जरा, पात, फल, पूmल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ । आँपको सेवनले भोक पनि बढ्ने गर्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ । आँप कफवर्धक पनि मानिन्छ । आँप चाउरी रोक्नसमेत प्रभावकारी मानिन्छ ।
आप खादाको फाइदाहरु ः
१. क्यान्सरबाट बचाउछ ः आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ ।
२. दृष्टिशक्ति बढाउछ ः यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ ।
३. फाइबर र भिटामिन सिको भण्डार ः आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।
४. शरीरमा अल्कालाइनलाई सन्तुलित पार्छ ः यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ ।
५. पाचन प्रक्रिया राम्रो बनाउछ ः मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ ।
६. छालामा चमक ल्याउछ ः आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ । आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ ।
७. एन्टिअक्सिडेन्टयुक्त ः आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउछ ।
८. प्रजनन क्षमतामा वृद्धि गर्छ ः आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।
९. खनिजयुक्त ः आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् ।
१०. यौन क्षमता बढाउछ ः आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ । यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ । आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ । होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ ।
११. ब्ल्याकहेड (काला रौं) को उपचार ः आँपले शरीरमा अंगमा भएका काला रौंका अंश हटाउन पनि मद्दत गर्छ । यसका लागि एक चम्चा आँपको गुदी, आधा चम्चा दुध या मह मिसाएर मिश्रण तयार पार्नुपर्छ । यसलाई गोलो तरिकाले सम्बन्धित ठाउँमा लगाउनुपर्छ । यसले मरेको छाला तथा नउम्रिएका रौं हटाई अनुहारमा चमक ल्याउछ ।
१२. रोगप्रतिरोधी ः आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ ।
१३. एन्टि एजिङ फाइदा ः यसले क्यान्सर गराउन सक्ने धुलोका खतरनाक कणबाट छालालाई जोगाउछ । यसमा भएका भिटाभिन सिले डण्डीफोर आउन दिदैंन । यसलाई प्रत्यक्ष लगाउने हो भने प्राकृतिक मोस्चराइजरको काम गर्छ । यस्तै, यसलाई फेसवासको रूपमा पनि प्रयोग गर्न सकिन्छ । एकचम्चा आँपको गुदी र बदामको पाउडरमा एक टेबलचम्चा दुध मिसाएर पेष्ट बनाउनुस् र अनुहारमा लगाउनुस् । २० मिनेटपछि धोएपछि यसले अनुहारमा चमक ल्याउछ ।
१४. कपालका लागि पनि लाभदायी ः भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ । यसले कन्डिसनरको पनि काम गर्छ । यसमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउछ ।
औषधोपचार ः
कब्जियत र अधिक वायु भएमा आँपको कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १–४ भाग हिङ र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १–२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १–२ दिनमै ठीक हुन्छ ।
यस्तो रोग लागेमा आ“प खानु हु“दैैन
१. एलर्जी ः आँप छिटो पाक्न क्याल्सियम कार्वाइडको प्रयोग गरिन्छ । त्यसैले एलर्जी भएका मानिसहरुले आँप खानु हुँदैन जो मानिसहरुलाई एलर्जीको समस्या छ उनीहरुले आँप खानुहुँदैन ।
२. मुटुको रोगी ः आँपमा पोटासिशयमको मात्रा ज्यादा हुन्छ । आँप धेरै खाँदा शरीरमा कोलेस्ट्रोल बढ्ने गर्छ । यसले मुटुमा समस्या गर्छ ।
३. अस्थमा ः आँपमा एनाकार्डिक एसिड हुनाले अवस्थामा भएका बिरामीहरुले आँप खानु हुँदैन । यसले सास लिन समस्या पैदा गर्छ ।
४. दा“त ः आँपमा भिटामिन–सी हुन्छ । यसको अधिक सेवनले भिटामिन सीको मात्रा बढ्छ । जसका कारण दाँतमा नोक्सान पु¥याउने काम गर्छ ।
५. मुखको छाला जाने समस्या स् आँपले शरिरमा गर्मी पैदा गर्छ । यसका कारण ओठमा छाला जाने समस्या देखिन्छ ।
६. डायबिटीज ः डायबिटीजको समस्या भएका व्यक्तिहरुले आँप खानु हुँदैन । आँप धेरै नै गुलियो हुने भएका कारण शरीरमा सुगर लेभल बढ्छ ।
७. पेटको समस्या ः आँपमा फाइवरको मात्रा धेरै हुनाले शरीरमा गर्मी पैदा गर्छ । त्यसैले पेटको समस्या भएका मानिसहरुले आँप खानु हुँदैन ।
८. मोटोपन ः आँपमा सुगर र क्यालोरी धेरै हुनाले मोटो मानिसहरुले पनि आँप खानु हुँदैन । यसका कारण झन् तौल बढ्ने गर्छ ।

प्रतिक्रियाहरु