आँन्दोलनको आधिबेहरी आउँछ :पुन

२०७१ मंसिर २६ गते, शुक्रबार

काठमाडौं । नेकपा माओवादीका केन्द्रिय सदस्य तथा सेती महाँकाली राज्यसमितीका ईञ्चार्ज ओम प्रकाश पुनले अबको एक दुई वर्षमा नेपालमा आन्दोलनको ठुलो आधिबेहरी आउने बताएका छन । बिहीवार बिहान अछाम सदरमुकाम मंगलसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले जनताको अधिकार सुनिश्चित गर्नका लागि आफुहरु फेरी नेत्रबिक्रम चन्द बिप्लवको नेतृत्वमा संघर्षमा उत्रिएको बताए ।
पुनले भने “हामीले जनयुद्ध र जनआनदोलनको औचित्य पुरा गर्न सकेका छैनौं, त्यसैले बिद्रोहमा होमिन तयार भएका हौं ।” जनतालाई संविधान दिने सवालमा पनि कम्यूनिष्टहरु चुकेको बताँउदै उनले अहिलेको संविधानसभाले पनि जनतालाई संविधान दिन नसक्ने दावी गरे । देश बनाउनका लाग सधै जनताले बलिदानी गरेको तर नेतृत्वले गद्धारी गरेको भन्दै पुनले अझै जनता देश निर्माणका लागि संघर्षमा होमिन तयार रहेको दावी समेत गरे । वर्तमान अवस्थामा जनतालाई गास, बास, स्वास्थ्य लगायत आधारभुत आवस्यकताको ग्यारेन्टि सहितको संविधान चाहिएको तर सिमित ब्यक्तिको स्वार्थका लागि देशमा बिभिन्न शासन प्रणालिका सवाल उठिरहेको उनको टिप्पणी छ ।
फरक प्रसंगमा केन्द्रिय सदस्य पुनले एमाओवादीले संसदिय शासनप्रणालिमा भुलेर जनयुद्धका एजेण्डाहरुमाथि घात गरेको आरोप लगाँउदै माओवादीका अधिकाँश नेता कार्यकर्ताहरु बिप्लव नेतृत्वको माओवादीमा लागेको दावी गरे । हाल जनताका एजेण्डा लागु गर्नका लागि सबै नेताहरुले बाटो छोडेकाले जनताका एजेण्डा लागु गर्नका लागि नयाँ नेकपा माओवादी उदायको उनको जिकिर छ । जनताका एजेण्डा स्थापित हुन नसकेकोले आफुहरु राज्य ब्यवस्थाको चरित्र बदल्नका लागि बिद्रोही भएर मैदानमा आएको उनको भनाई छ । उनले “अव देशभरमा सबै शान्ति सम्झौता र सहमतीका कुरा भंग भएको घोषणा गरेर नेकपा माओवादी समानान्तर सरकार गठनको तयारीमा रहेको खुलासा समेत गरे ।”
वर्तमान संविधानसभाले जनपक्षिय संविधान नदिने भएकाले देश र जनताको लागि संविधान जारी गरिएपनि भोलिपल्टै च्यात्ने उनले चेतावनी दिए । नेपालको कम्यूनिष्ट आन्दोलनमा प्रथम नेतृत्वले गद्धारी गर्ने गरेकाले कम्यूनिष्ट फुटको सिकार भईरहेको उनको भनाई छ ।

प्रतिक्रियाहरु