आँधीमा फसेकाको उद्धार

२०७३ फाल्गुन ११ गते, बुधबार

काठमाडौं, ११ फागुन । अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण आँधीमा फसेका थुप्रैंको उद्धार गरिएको छ । क्यालिफोर्नियाको ए शान जोसेमा फसेकाहरुको उद्धार गरिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । घरभित्र फसेका सर्वसाधारणलाई घरबाट बाहिर निस्कन आह्वान गर्दै सुरक्षित स्थानमा लगिएको छ ।
बोम्बोजेनेसिस् नामक आँधीले सात जनाको मृत्यु भएको थियो भने थुपै्रं घाइते भएका थिए । केही वर्षयताकै ठूलो मानिएको आँधीले जनजीवन नराम्ररी प्रभावित भएको हो । बाढीबाट डेढ लाखभन्दा धेरै मानिस प्रभावित बनेका छन् । क्यालिफोर्नियामा पाँच वर्ष लामो खडेरीपछि अतिवृष्टी भएको मौसमविदहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु