अावरण चिनियाँ मैत्री, टीम उग्र चीन विराेधि – भरत दाहाल

२०७५ असार ३ गते, आईतवार

इण्डियन दबाबमा बाेअाअाे बैठकमा नगएपछि चीनले अाेली सरकारलार्इ “शाङघाई सहयोग संगठन” र “चीन–दक्षिण एशिया एक्स्पो”मा बाेलाएन। त्यसले अाेली सरकारकाे भूमिका इण्डाे-पश्चिमी याेजना भन्दा बेग्लै नदेखेर यस्ताे ब्यबहार गरेकाे तथ्यमा संका छैन। चीनसंग सम्बन्ध विस्तारकाे हाैवा चलाएर नेपालकाे भू-राजनीतिमा इण्डाे-पश्चिमी रणनीतिलार्इ सुदृढ गर्ने केपी अाेलीकाे कुटिल चाल चीनले राम्रैसंग बुझेकाे छ।
शेरबहादूरले खाेसेकाे बुडी गण्डकी चीनलार्इ फर्काउने घाेषणा गरेर सरकार बनेपछि कुरा घुमाउनु, पश्चिम सेती खाेस्ने प्रपञ्चमा लाग्नु, केरूङदेखि काठमाडाैं-पाेखरा हुँदै लुम्बिनीसम्मकाे रेलमार्गलार्इ काठमाडाैंसम्म सिमित राखेर प्रस्ताव तयार पार्नु र पानीमा इण्डियन एकाधिकारलार्इ सुरक्षित गर्न अरूण तेश्राेलार्इ प्राथमिकतामा राखेर सिलान्यास गर्नु जस्ता घटनाहरू जाे काेहिले पनि बुझ्न सक्नेगरी सतहमा अार्इसकेका छन्।
यी कृयाकलापहरू संयाेगमा भएका छैनन् र अहिले अाेली २ बर्ष अगाडिकाे अडानमा छैनन् भन्ने तथ्य उनले सरकार सञ्चालनकाे काेर टीमका रूपमा नियुक्त गरेका ब्यक्तिहरूकाे अनुहारबाटै थाहा हुन्छ। अाेलीका प्रमूख सल्लाहकार अमेरीकी डाेनेशनमा पूर्व एमालेकाे जिफन्ट सञ्चालन गर्न पहल गर्ने हर्ताकर्ता हुन् भने परराष्ट्र सल्लाहकारका रूपमा नियुक्त ब्यक्ति “रअ”संगकाे संबन्धका कारण विवादित ब्यक्ति हुन्।
अर्थमन्त्री बिश्वबैंकका खास मानिस हुन्। बुढी गण्डकी र पश्चिम सेती अायाेजना चीनलार्इ नदिने र चीनियाँ रेल काठमाडाैंबाट पाेखरा हुँदै लुम्बिनीसम्म जान नदिने याेजनामा मूख्य भूमिका खेल्ने यीनैहरू हुन्। अाफू चीनमैत्री खाेलमा प्रस्तुत भै यस्ता पात्रहरूलार्इ पर्दा पछाडिका मूख्य खेलाडि बनाएर अाेलीले चीनसंगकाे संबन्ध विस्तारमा कमि ल्याउने र चिनियाँ लगानिमा अंकुश लगाउने रणनीति बनाएका छन्।

प्रतिक्रियाहरु