अाज मोतिराम भट्टको जन्मजयन्ती

२०७५ भाद्र २४ गते, आईतवार

काठमाडौं , २४ भदौ । अाज मोतिराम भट्टको जन्मजयन्ती, मुलुकभर विभिन्न कार्यक्रम गर्दै भट्टको साहित्यिक योगदानको चर्चा गरिंदैछ । कवि मोतिराम भट्टको , विक्रम संवत् १९२३ भाद्र कृष्ण औँसीमा जन्म भएको थियो । राष्ट्रिय विभूति युवाकवि भट्टको १ सय ५३ औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विक्रम संवत् १९ सय २३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विक्रम संवत् १९ सय ५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनको निधन भएको थियो । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिनुभएका युवाकवि मोतिराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनुभयो । नेपालमा छापाखाना भित्र्याएको श्रेय समेत उनलाई नै जान्छ । ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् ।

प्रतिक्रियाहरु