अाज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस

२०७५ बैशाख ९ गते, आईतवार

काठमाडौं, ९ वैशाख । अाज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस । निरंकुश जहानिया राणा शासनका विरुद्धको प्रजातान्त्रिक जन–आन्दोलनका क्रममा २२ अप्रिल १९४९ को दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । नेकपाका संस्थापकहरु पुष्पलाल श्रेष्ठ, नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोती देवी श्रेष्ठले नेकपाको स्थापना गरेका थिए । नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ भन्ने पर्चा नै नेकपा स्थापनाका सन्दर्भमा जारी गरिएको पहिलो पर्चा हो । यसै पर्चाको माध्यमबाट नै नेपालमा संगठित कम्युनिस्ट आन्दोलनको विकास भयो । पूर्ण नागरिक स्वतन्त्रताको लडाइ जिन्दावाद भन्ने उद्घोषका साथ नेकपाले जहानिया राणा शासनको विरुद्धमा अविराम संघर्षको उद्घोष गर्यो ।
नेकपाको स्थापना पश्चात १५ सेप्टेम्बर १९४९ मा कम्युनिस्ट पार्टीको कार्यक्रम सम्बन्धी पहिलो घोषणा–पत्र जारी गरियो । पहाड, पर्वत, खोलानाला जग्गाजमीन सबको, मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको भन्ने उद्घोषका साथ जारी गरिएको घोषणा–पत्रले लोक जनवादी नेपालको निर्माण गर्ने सामन्तवाद, साम्राज्यवाद विरोधी नेपाली क्रान्तिको दिशा अवलम्वन गरेको थियो ।
त्यो अभियान अाजको दिनसम्म पनि जारी छ । अाज नेपालका कम्युनिस्टहरुले लेनिनको जन्म जयन्ती तथा स्थापना दिवस विभिन्‍न कार्यक्रम गरी मनाउँदै अाएका छन् । नेपालका कम्युनिस्टहरु विभिन्‍न समूहमा विभाजित भएपनि नेपाल कम्युनिस्ट पार्टी स्थापनाको उद्देश्य अझै पूरा हुन सकेका छैनन् । अहिले पनि सरकार र सडक कम्युनिस्टकै कब्जामा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु