अहिले देश सर्वाधिक संकटमा छ : विप्लव

२०७३ बैशाख १९ गते, आईतवार

काठमाडौं, १९ बैशाख । नेकपा माअाेवादीका महासचिव विप्लवले अहिले देश सर्वाधिक संकटमा भएको बताएका छन । महासचिव विप्लवले १२७ अाैं अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा प्रेस विज्ञेप्ती जारी गर्दै सो कुरा बताएका हुन् । साथै उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा अाम मजदुरहरूलार्इ वधार्इ तथा शुभकामना समेत व्यक्त गरेका छन । महासचिव विप्लवद्धारा जारी गरिएकाे विज्ञेप्तीमा अहिले देश सर्वाधिक संकटमा छ । भूकम्प गएको एक वर्ष भयो । भूकम्प पीडितको छानो, मानो र नानाको व्यवस्था छैन । भारतले लगाएको ५ महिने नाकाबन्दीबाट श्रृंखलाबद्ध शुरु भएको कालोबजारी, पेट्रोलियम पदार्थको अभाव कायमै छ । भ्रष्टाचारले आकास छोएको छ । महंगीले जनताको ढाड भाँचेको छ । जनयुद्ध र जनआन्दोलनबाट प्राप्त अधिकारहरु खोसिदैँ गइराखेका छन् । राष्ट्रियता चरम संकटमा छ । संविधान सभा मार्फत बनाइएको भनिएको संविधानले असफल र जनविरोधी संसदीय व्यवस्थालाई पुनसर््थापना गरेको छ । यस परिवेशमा संसदीय व्यवस्थाका विरुद्ध संघर्ष गर्नुको विकल्प नभएको उल्लेख गरिएको छ ।
विज्ञेप्तीमा विश्वभर अहिले पनि मजदुरहरूमाथि भइरहेकाे पुँजीपतिहरूकाे शाेषणकाे रूप निकै बढेर गएकाे भन्दै नेपालमा त्यसका विरूद्ध संघर्ष गर्न मजदुर वर्गलार्इ अपिल गरिएकाे छ ।
माअाेवादीका महासचिव विप्लवले १२७ अाैं अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा जारी गरेको प्रेश विज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” १२७ औं गौरवपूर्ण अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सबै श्रमजीवीहरुमा हार्दिक बधाई तथा शुभ कामना व्यक्त गरिन्छ । श्रममाथिको शोषणका विरुद्ध गरिएको भीषण संघर्ष, मजदूरहरुको अद्वितीय त्याग, उच्च वलिदान र समर्पणका कारण औद्योगिक मजदूरले आजकै दिन अधिकारका संघर्षको घोषणा गरेका थिए । त्यसैले यो दिन मिहेनतकश जनताकालागि संघर्षको प्रतिक हो । प्रेरणाको श्रोत हो ।
दश वर्षे महान् जनयुद्धका क्रममा नेपाली श्रमजीवीहरुले ठूलो त्याग, समर्पण र वलिदानी गरेका छन् । उनीहरुकै संघर्षले नेपालमा राजतन्त्रको अन्त्य त भयो । तर नेपाली मिहेनतकश जनताले केही पनि पाएनन् । अहिले नेपालको राज्यमा दलालहरुको उपस्थिति छ । यो राज्यले दलाल पुँजीवादको पक्षपोषण गरेको छ । सबै खाले श्रम गर्नेहरुमाथि शोषण र उत्पीडनका रुपहरु अपनाएको छ । प्रत्येक वर्ष साँडे चार लाख युवाहरु श्रम गर्नका लागि तयार हुन्छन् । तर त्यसको १० प्रतिशतलाई पनि राज्यले रोजगारी दिन सकिराखेको छैन । परिणाम चालिस लाख भन्दा बढि दक्ष जनशक्ति विदेश पलायन भैराखेको छ । राज्यको श्रम बजार बढाउने कुनै योजना छैन ।
स्वदेशमा १ करोड १८ श्रम गर्न सक्ने जनशक्तिको केही रोजगार पाएका श्रमिकहरुलाई पनि उचित सुविधा दिइएको छैन । बिप्पा जस्ता श्रमिक विरोधी सम्झौताकाकारण मजदूरहरुको अधिकारकालागि गरिने आन्दोलनमा प्रतिबन्ध जस्तै लगाइएको छ । दलाल पुँजीवादले नेपाली राज्य सत्तामा गरेको अतिक्रमणले गर्दा यो राज्य सत्ताले “नो वर्क नो पे” र “हायर एण्ड फायर” को नीतिका कारण रोजगारी पाएका मजदूरहरुको पेशाको सुििनश्चितता छैन । साथै श्रमको उचित मूल्य पाएका छैनन् । आधारभूत सुविधाबाट पूर्ण रुपले बञ्चित हुनु परेको छ । नेपालका औद्योगिक मजदूर मात्र होइन, कृषि, वौद्धिक श्रमजीवीहरु पीडित छन् । त्यसैले सबै श्रमजीवीहरु एकजुट भएर संघर्ष गर्न जरुरी भैसकेको छ ।
अहिले देश सर्वाधिक संकटमा छ । भूकम्प गएको एक वर्ष भयो । भूकम्प पीडितको छानो, मानो र नानाको व्यवस्था छैन । भारतले लगाएको ५ महिने नाकाबन्दीबाट श्रृंखलाबद्ध शुरु भएको कालोबजारी, पेट्रोलियम पदार्थको अभाव कायमै छ । भ्रष्टाचारले आकास छोएको छ । महंगीले जनताको ढाड भाँचेको छ । जनयुद्ध र जनआन्दोलनबाट प्राप्त अधिकारहरु खोसिदैँ गइराखेका छन् । राष्ट्रियता चरम संकटमा छ । संविधान सभा मार्फत बनाइएको भनिएको संविधानले असफल र जनविरोधी संसदीय व्यवस्थालाई पुनसर््थापना गरेको छ । यस परिवेशमा संसदीय व्यवस्थाका विरुद्ध संघर्ष गर्नुको विकल्प छैन ।
जबसम्म यो संसदीय व्यवस्था रहन्छ, तबसम्म सबै खाले श्रमजीवी मान्छेले अधिकार पाउँदैनन् । राष्ट्रियता बच्दैन । दलाल पुँजीवाद र उसका नेपाली दलालहरुले नेपाल र नेपाली जनतामाथिको दोहनको अन्त्य हुँदैन । तसर्थ हाम्रो पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवाललाई लिएर वैज्ञानिक समाजवादको आधारमा नयाँ जनवादी व्यवस्था स्थापनाका लागि संघर्ष गर्दै आएको छ । सम्पूर्ण देशभक्त, जनवादी, प्रगतिशि, बामपन्थी, किसान, मजदूर, बुद्धिजीवी, डक्टर, वकिल, शिक्षक, प्राध्यापकहरुमा हाम्रो संघर्षमा ऐक्यबद्धता, सहयोग, समर्थन गरिदिन अपिल गरिन्छ । आजको मे दिवसलाई यहि सन्दर्भमा बुझ्न जरुरी छ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु