अस्थायी शिक्षकहरुलाई विस्थापित गर्न पाइदैन

२०७१ असार २६ गते, बिहीबार


काठमाडौ । अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय अध्यक्ष लालबहादुर वि.सी.ले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित गर्न पाइदैन भन्दै यदि विस्थापित गरियो भने कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले स्पष्ट संग सवैखालका अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाको प्रक्रियबाट स्थायी गरिनु पर्ने बताए । नेपालमा रहेका ३४ हजार बाल शिक्षकहरुलाई विद्यालय संरचना भित्र राखी दरबन्दी दिनु पर्छ भन्ने मञ्चको मागलाई नेपाल शिक्षक युनियनले पूरा गर्न नमानेर बाधक बनेको पनि खुलासा गरे । सम्पूर्ण शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघ बनाउने र शैक्षिक क्षेत्रमा काम गर्ने सबैखालका शिक्षकहरुलाई यसको सदस्य खुला गर्ने विषयमा युनियन असमर्थ रहेको कुरा पनि बताए । नेपाल शैक्षिक गणतान्त्रिक मञ्चको असार २५ गतेको वैठकमा उनले सो कुरा बताएका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु