अस्थायी शिक्षकले परीक्षामा भाग नलिने

२०७४ श्रावण ३१ गते, मंगलवार

काठमाडौँ, ३१ साउन । अस्थायी शिक्षक संघर्ष समितिले आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षामा भाग नलिने निर्णय गरेको छ । समितिका उपाध्यक्ष जयनारायण ढकालले आफ्ना माग पूरा नभएसम्म्म परिक्षामा सहभागी नहुने बताए । परीक्षा नसारिए फाराम भरेका आफ्ना सदस्यले भाग नलिने र परीक्षा केन्द्रमा तालाबन्दी गराउने केन्द्रीय आन्दोलन समितिले निर्णय गरेको उनले बताए ।
गत असार ९ गतेको सहमतिअनुसार शिक्षा ऐन संशोधन गरी परीक्षाको नयाँ मिति तोक्न माग गरी समिति आन्दोलित छ ।समितिका तर्फबाट यही साउन १८ गतेदेखि भद्रकालीमा अनशनरत दुई शिक्षकको स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना गरिएको छ । सहमतिमा परीक्षामा सबै अस्थायीले भाग लिन पाउने र असफल भएमा उचित क्षतिपूर्र्ित दिने उल्लेख छ ।

प्रतिक्रियाहरु