अस्थायी शिक्षकद्वारा प्रधानमन्त्री निवासमा धर्ना

२०७३ कार्तिक २ गते, मंगलवार

काठमाडौं, २ कात्तिक । आज अस्थायी शिक्षकहरुले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । अस्थायी शिक्षकलाई अवधि गणना गरी स्थायी गर्नु पर्ने , उपदान र औषधी उपचारको व्यवस्था गर्नु पर्ने लगायतका माग राख्दै आएका उनीहरुले आज बालुवाटारमा धर्ना दिएका हुन् । बिहान ८ बजेदेखि धर्ना शुरु भएको र १० बजे सम्म चलेको थियो । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिको नेतृत्वमा आन्दोलन जारी रहेको महासचिव दिनेश थापाले बताए । उनले अस्थाई शिक्षकलाई स्थाईको प्रतियोगितामा सहभागी हुने अवसर दिनु पर्नेमा जोड दिए । साथै शिक्षकहरुले भोली देखि ५ गते सम्म काठमाण्डौंमा रिले अनसन बस्ने जनाएका छन् ।
यसै गरी कार्तिक ४ र ५ गते उपत्यकाका सबै सामुदायीक विद्यालयका शिक्षकहरुलाई पठन पाठन बन्द गरी आन्दोलनमा आउन आन्दोलन समितिले आव्हान समेत गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु