‘ अस्थायी राजधानी परिवर्तन हुँदैन’

२०७४ माघ ६ गते, शनिबार

काठमाडौँ, ६ माघ । वाणिज्य तथा आपूर्तिमन्त्री मिन विश्वकर्माले अस्थायी राजधानी परिवर्तन नहुने बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले अस्थायी राजधानी तोकेपछि विभिन्न ठाउमा आन्दोलन भईरहेकाले आन्दोलन फिर्ता लिन समेत आग्रह गरे । सरकारले हाल प्रदेश सभा सञ्चालनका लागि अस्थायी राजधानी मात्रै तोकेकोले औचित्यहिन र टुङगोमा पुग्न नसकिने आन्दोलन फिर्ता लिन विश्वकर्माले आन्दालेनकारीलाई आग्रह गरेका हुन् ।
वाणिज्य आपूर्तिमन्त्री विश्वकर्माले काग्रेसले अवको पाच वर्ष सशक्त रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने समेत बताए । काग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने जनादेश दिएको बताउदै उनले काग्रेसले देशको विकास र सम्बृदिका लागि सशक्त र रचनात्मक ढङगले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । उनले धनगढीको गौरीफन्टा नाका तथा कञ्चनपुरको महाकाली नाका सञ्चालनमा ल्याउने सके सात नम्बर प्रदेश आर्थिक सम्बृदिको बाटोमा अघि बढने बताए । ति नाकाहरु स्तरोन्नती गर्दै सञ्चालनमा ल्याउनका लागि सरकार र आफू लगि परेको समेत विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु