असोज ३ अर्थात कालो दिन – हस्तबहादुर केसी

२०७४ आश्विन ३ गते, मंगलवार

नेपालको राजनीतिक इतिहासमा असोज ३ गते कालो दिन पर्छ । असोज ३ गते अर्थात् २०७२ साल असोज ३ गते नेपाल सरकारले कालो संविधान , प्रतिगामी , पश्चगामी संविधान घोषणा गरिएको थियो । यो प्रतिगामी संविधान नेपाली कांग्रेस , नेकपा (एमाले ) र तत्कालीन एकीकृत नेकपा ( माओवादी ) ले संयुक्त रुपमा घोषणा गरेका थिए । यो प्रतिगामी संविधान महान् दस वर्षे जनयुद्ध र २०६२ / २०६३ को १९ दिने जन्अान्दोलनको माग र म्यान्डेट विपरीत भारतीय विस्तारवादक‍ो निर्देशन र ग्रगण्डडिजाइनमा अाफ्ना नेपाली दलालहरु मार्फत नेपाली जनताको विरोधलाई लत्याउदै अतार हतारमा प्रतिगामी संविधान घोषणा गरिएको थियो । अाज प्रतिगामी संविधान घोषणा गरेका काँग्रेस , एमाले र माकेले संविधान कार्यान्वयन गर्ने भन्दै स्थानीय तहको गराई सकेका छन् भने अाउदो मंसिर १० २१ गते कथित प्रदेश सभा र संघीय संसदको निर्वाचन गराउने घोषणा गरि सकेका छन् । यो प्रतिगामी संविधान खारेज गरेर जनगणतान्त्रिक संविधान निर्माण गरे पछि मात नेपाली जनता मुक्त हुनेछन् ।
संविधानसभाबाट जनताको संविधान निर्माण गरेर महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उद्श्येका साथ महान् खश वर्षे जनयुध्दकै प्रक्रिया अन्तरगत तत्कालिन नेकपा ( माओवादी ) संविधानसभाको मागलाई अगाडि सारेको थियो । यसको कार्यान्वयनको निम्ति युध्दरत माओवादीले तत्कालिन प्रतिक्रपयावादी सरकारहरुसंग दुई दुई पटक सम्म युध्दविराम गरेर शान्ति वार्ताको टेबुलमा समेत बसेको थियो । तर तत्कालिन सत्तारुढ दलहरु नेका र एमाले संविधानसभामा जान तयार नभए पछि माओवादी पुन: युध्दमा फर्केको थियो ।
एकातिर जनयुध्द भिषण बन्दै गयो भने अर्कोतिर तत्कालिन राज ज्ञानेन्द्रले सत्ता हातमा ल्यार नाम मात्रको बहुदलीय ब्यवस्थालाई अपदस्त गरि देशमा निरंकुस ब्यवस्था लादे पछि नेका , एमाले लगायतका संसदवादी दलहरु सडकमा फ्याँकिएका थिए । तीन वर्षसम्म अान्दोलन गरे तर बहुदलीय ब्यवस्थाका नाममा जनतालाई झुम्याएका ,धोका दिएका र जनतामाथि शासन लादेकारण उनिहरुले अाह्वान गरेको अान्दोलनमा जनता अाएका थिएनन् । तर २०६२ को असोजमा सम्पन्न माओवादीको चुनवाङ बैठकले जनयुध्दलाई स्थगित गरि लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा अगाडि सारेर २०६२ मंसिर ७ गते भारतको नयाँ दिल्लीमा माओवादीले संसदवादी सात राजनीतिक दलहरुसित १२ बुँदे संझौता गरे पछि जनयुध्दको जगमा टेकेर उठान गरेको २०६२२०६३ को १९ जनअान्दोलनले ठूलो परिवर्तन ल्यायो ।
त्यस पछि माओवादी शान्ति प्रक्रियामा अायो । माओवादी अन्तरिम सरकारमा सामेल भयो । २०६३ मंसिर ५ गते बृहत् शान्ति संझौता भयो । यसकै अाधारमा २०६४ साल चैत २८ गते पहिलो ऐतिहासिक संविधान सभा निर्वाचन भयो । माओवादी सबैभन्दा ठूलो दलको रुपमा स्विधानसभामा उपस्थित भयो । सरकार पनि बनायो ।
त्यस संविधानसभामा ६२ % सभाषद कम्युनिस्टहरुको उपस्थिति भएको हल्लाह गरिएको थियो । देशी विदेशी प्रतीक्रियावादी शक्तिहरु जनताको संविधान बनाउन दिने पक्षमा थिएनन् । षडयन्त्र शुरु भय‍ो ।अरु उपाय त थिएन । उनिहरुले माओवादीहरुका नेताहरुलाई हातमा लिएर उनिहरुकै हातबाट प्रतिगामी संविधान लेखाउने षडयन्त्रमा लागे । प्रचण्ड र बावुरामलाई अात्मिमर्पण गरनउन सफल भए र उनकै हातबाट २०६८ साल जेठ १४ गते राती पहिलो संविधान विघटन गराएर २०७४ साल मंसिर ४ गते कथित दोस्रो संविधान सभाको निर्वाचन गराइयो र दुइतिहाई बहुमत जुटाएर प्रचण्ड र बावुरामको हातबा प्रतिगामी संविधान लेखाएर २०७० साल असोज ३ गते घोषणा गर्न लगाइयो । अहिले यो प्रतिगामी संविधानलाई कार्यान्वयनमा ल्याउनका लागि सबै तहको निर्वाचन सम्पन्न गरि सक्नु पर्छ नत्र देश डुप्छ भनेर ठूलो स्वरले कराउने जिम्मा भारतले प्रचण्डलाई दिएको छ ,त्यो कर्तव्य उनले इमानदारी पूर्वक पूरा गर्दै छन् । प्रतिगामी शक्ति र माओवादी सहितको एउटा हिस्सा मिलेर यो प्रतिगामी संविधान घोषणा गरिएको अाज असोज ३ गतेको दिनलाई अाम नेपाली जनताले कालो दिन र कालो दिवसका रुपमा मनाइरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु