असोज १० गतेदेखि नयाँ नोट

२०७६ आश्विन १ गते, बुधबार

काठमाडौं , १ असोज । हरेक वर्ष दसैंको अवसरमा नयाँ नोट बजारमा पठाउने गरेको राष्ट्र बैंकले यस वर्षको दसैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ। छ। राष्ट्र बैंकका प्रवक्ता एवं मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले सटही सुविधाका लागि ठाउँ व्यवस्थापन गर्न कठिन भएर यो वर्ष केही ढिला हुने भएको बताए । विगतमा राष्ट्र बैंकको थापथलिस्थित कार्यालयबाट नोट सटही सुविधा दिँदै आएको भए पनि यो वर्ष भने बालुवाटार कार्यालयबाट यस्तो सुविधा दिने उनले बताए। थापाथलिमा नयाँ भवन निर्माण कार्य चलिरहेकाले बालुवाटारबाट सटही सुविधा दिन लागिएको उनले बताए। ‘तर अत्यन्तै साँघुरोठाउँ भएकाले कसरी व्यवस्थापन गर्ने भन्नेमा टुंगो लागिसकेको छैन’, उनले भने। राष्ट्र बैंकले सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरका सयसय थान नोट सटही सुविधा दिनेछ।
एकजनालाई बढीमा १८ हजार ५ सय रुपैयाँ नयाँ नोटको सटही सुविधा दिने प्रवक्ता निरौलाले बताए । त्यसभन्दा बढी पैसा आवश्यक हुनेले चाहिँ पुराना तर सफा नोट पाउनेछन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु