असारे बजेटको आतंक

२०७५ श्रावण २ गते, बुधबार

काठमाडौँ, २ साउन । बिकास मन्त्रालयको बजेटले आतंक मच्याएको छ । ललितपुर महानगरपालिका भैंसेपाटी शैंबुमा गत आषाढ २२ र २५ गते ढल बिछाउने काममा यस्तो भएको हो। टोल समितिलाई कुनै जानकारी बिना ठेकेदारले एकाएक डोजर ल्याएर ढलहाल्न लाग्दा घरको कम्पाउण्ड वालको जग पुरै फाटेको छ । घरको कम्पाउण्डको भूइँ समेत फटेर अलग भएको अवस्था छ । जम्मा १२-१३ फीटको सडक छ । झिमझिम बर्षा भैरहेको अवस्थामा डोजर लगाएर १२ फीट गहिरो गराएर खन्दा दुबैतिरबाट पहिरो खसेर पुरै १३ फीटको सडक खाडलमा परिणत भएको छ। अहिले जनताको आवाजस्वरुप ढलहरु बिछाउने काम रोकिए पनि कम्पाउण्डको एरियामा पिलरको दुरी जम्मा ४ फीट रहेका घरहरु जोखिमपूर्ण अवस्थामा छन् । घर कहिले के हुन्छ थाह छैन । परिवार जगजगीमा छन् । यसबारेमा सरकारलाई कुनै जानकारी छैन।
बिना संझौता र इस्टिमेटको जानकारी बिना घरहरु खण्डहर बन्दै छन् । गहिरो ठाउँबाट ढल लगेर उचाइ भएको ठाउँमा ११-१२ फीट खनेर ढल बिछाउदा यस्तो जगजगीपूर्ण अवस्था आएको हो । यसमा सम्बन्धित पक्ष र सरकारले जिम्मेवारी लिनुपर्छ र पीडित पक्षलाई क्षतिपुर्ती दिनुपर्छ । अरबौंको असारे बजेट एकै रातमा खर्चगर्ने रोग नेपालमा पहिले देखि लाग्दैआएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार