असईमा भर्ना खुल्यो

२०७१ श्रावण ४ गते, आईतवार


काठमाडौ, ४ साउन ।नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक असईमा भर्ना खुलेको छ । खुल्ला तर्फ २ सय ४०, आदिवासी जनजाति तर्फ ६६, मधेशी तर्फ ५७, महिला तर्फ ४०, दलित तर्फ ३०, पिछडिएका क्षेत्र तर्फ ११ र अमर प्रहरी र अशक्त प्रहरी परिवारका लागि नौ सिट गरी ४ सय ५३ सिटमा भर्ना आह्वान गरिएको छ । साउन ५ देखि भदौ ४ गतेसम्म क्षेत्रीय र अञ्चल प्रहरी कार्यालयमा फाराम लिएर बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ । काठमाडौमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट दरखास्त फाराम लिन सकिनेछ ।
नेपाल प्रहरीको वेवसाइट www.nepalpolice.gov.np बाट पनि फाराम डाउन लोड गर्न सकिनेछ । त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरहको योग्यता भएको र १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने नेपाल प्रहरीका प्रवक्ता गणेश केसीले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु