अश्वेत नायिका बिश्वकै सर्वाधिक सुन्दरी

२०७१ बैशाख ११ गते, बिहीबार


काठमाडौँ, ११ वैशाख।केन्याकी अश्वेत नायिका बिश्वकै सर्वाधिक सुन्दरी महिला छानिएकी छिन् । ३१ वर्षिया सुन्दरी लुपिता न्योङओलाई ‘पिपुल म्यागाजिन’ले आफ्नो नयाँ अंकमा विश्वकै ‘व्युटिफुल वुमन’को सूचीमा एक नम्बरमा राखेको छ ।
म्यागाजिनले गरेको सर्वेक्षण र चुनिएका सुन्दरी मध्ये उनी पहिलो नम्बरमा पर्न सफल भएकी हुन् । यो उपाधि जित्ने लुपिता तेस्रो अश्वेत सुन्दरी हुन् । लुपिताभन्दा अघि सन् २००३ मा हाले बेरी र २०१२ मा वियोन्सेले उपाधि जितेका थिए ।
उनले सर्वाधिक सुन्दर महिलाको उपाधि आफ्ना लागि महत्वपूर्ण भएको बताउँदै पहिले आफूलाई छालाको रङका कारण दुःख लाग्ने गरेको र सेतो छाला बनाउन भगवानको प्राथना गरेको बताएकी छन् ।
‘मेरी आमाले भन्नुहुन्थ्यो तिमी निकै सुन्दर छ्यौं’ उपाधि जितेपछि खुसी भएकी उनले भनिन– ‘मेरी आमा सही हुनुहुँदोरहेछ ।’ सुरुमा आफुलाई गोरो छाला र लामो सलक्क परेको कपाल भएका महिलामात्र सुन्दर हुन भन्ने लाग्ने गरेको भएपनि पछि त्यो भ्रम तोडिएको उनले बताइन् ।
म्यागेजिनका सम्पादन मण्डलका निर्देशक जेस काग्लेले लुपिताको छनोटका बारेमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘वास्तवमा यो वर्ष अरु प्रतिष्पर्धी नै थिएनन् । उनी विकल्परहित थिइन् ।’लुपिताले अभिनय गरेको पहिलो फिल्म ‘टुभेल्स इयर्स अ स्लेभ’ ले ओस्कार जितेको थियो भने, उनले पनि सहअभिनेत्रीको ओस्कार जितेकी थिइन् ।

प्रतिक्रियाहरु