अवैध भारुसहित भारतीय नागरिक पक्राउ

२०७४ जेष्ठ ८ गते, सोमबार

काठमाडौं, ८ जेठ । भारतबाट अवैध रुपमा ल्याउन लागिएको भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शरीरको विभिन्न भागमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारत सिक्किमका २१ वर्षीय दिवन सुब्बालाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले भारु तीन लाख ३३ हजार ६४० सहित सुब्बालाई मेचीनगरपालिका–६ स्थित भन्सारको मूलगेटबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेकोे छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु