अवैध खानीबाट डोजर र स्काभेटर नियन्त्रित

२०७३ मंसिर १७ गते, शुक्रबार

काठमाडौं, १७ मंसिर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अवैध रुपमा सञ्चालित ढुङ्गा र माटो खानीबाट चार डोजर र स्काभेटर नियन्त्रणमा लिएको छ । जिल्लामा अवैध रुपमा ढुङ्गाखानी र माटो खानी सञ्चालन भइरहेको भन्ने उजुरी परेपछि आज ती खानीको अनुगमन गरी त्यहाँ प्रयुक्त डोजर र स्काभेटर नियन्त्रणमा लिइएको हो । प्रजिअ तेजप्रसाद पौडेलको नेतृत्वमा स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालासहितको टोलीले सुडालस्थित ब्रह्मायणी ढुङ्गा खानीको अनुगमन गरी दुई स्काभेटर र दुई सय लि डिजेल नियन्त्रणमा लिएको हो ।
स्वीकृतिबिना पहाड उत्खनन गरी ढुङ्गा माटो निकालिएकाले ती स्काभेटर नियन्त्रणमा लिइएको प्रजिअ पौडेलले बताए । अनुगमन टोली पुग्दा खानी क्षेत्रमा खानी सञ्चालक र कामदार कोही पनि नभेटिएपछि प्रजिअले सुडालस्थित प्रहरी प्रभागलाई स्काभेटर पनि नियन्त्रणमा लिन निर्देशन दिए । टोलीले नगरकोट नगरपालिका कार्यालय नजिकको तप डुफो(ठूलो ढिस्को)को समेत अनुगमन गरी दुई डोजर नियन्त्रणमा लिएको छ । जग्गा प्लटिङ गर्ने नाममा स्थानीय परिचयसमेत गुम्ने गरी तप डुफोको माटो उत्खनन गरेको पाइएपछि तत्काल माटो उत्खनन बन्द गराई डोजर नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार