अलैंची मुल्य अहिलेसम्मकै उच्च

२०७१ भाद्र ३१ गते, मंगलवार


काठमाडौं । गत वर्ष अलैंची निस्कँदा प्रतिमन ४० हजारको दरले बेचेका कृषकले यो वर्षको सुरुवातमै त्यसको दोब्बर मुल्य पाएका छन् । सधैं अलैंची निस्कनेबित्तिकै यसको मुल्य कम हुने र व्यापारीले हातमा पुगेपछि मात्र कुल्य बढाउने अलैंचीको मुल्य यो वर्ष सुरुमै प्रति मेट्रिक टन झन्डै ८० हजारको हाराहारीमा पुगेपछि अलैंची कृषकले यो वर्ष आफुले उत्पादन गरेको बस्तुवाट अहिलेसम्मकै उच्च मुल्य पाएका हुन् । भण्डारण गर्ने ठाउँको अभाव र सुरक्षाको दृष्टिले घरमा अलैंची राख्न समस्या भएपछि अलैंची कृषकले तयार हुनासाथ अलैंची बजार पु¥याउँथे । तर, अलैंची निस्कँदा कम मात्र मुल्य हुने र त्यसपछि लगातार यसको मुल्य उकालो लाग्ने हुँदा अलैंची किसानले सहि मुल्य पाउन सकिरहेका थिएनन् । तर, यो वर्ष अलैंची निस्कनासाथ मुल्य झन्डै ८० हजारले चलेपछि अलैंची कृषकले राम्रो बजारभाउ पाउन कृषक सफल भएका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु