अलैंचीको मूल्य उकालो लाग्दै

२०७४ पुष २९ गते, शनिबार

काठमाडौं, २९ पुस । अलैंचीको मूल्य उकालो लाग्दै प्रतिमन १२ हजार पुगेको छ । ताप्लेजुङसहित पूर्वी पहाडि जिल्लामा विगतका वर्षमा प्रतिमन एक लाख रुपैयाँसम्ममा बिक्री भएको अलैंचीको मूल्य घटेर यो वर्षको सुरुमा २५ हजारमा झरेको थियो । अलैचीको मुख्य बिक्री स्थल मानिएको झापाको बिर्तामोडमा अहिले उच्च गुणस्तरको अलैंची प्रतिमन ३७ हजार रुपैयाँसम्ममा कारोबार हुन थालेको अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले बताए ।
पूर्वी जिल्लामा उत्पादित अलैंची झापाको विर्तामोडमा संकलन गरी भारतीय बजार हुँदै विभिन्न देशमा बिक्री गर्न पठाइने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा अन्य मुलुकमा उत्पादित अलैंची सकिएकाले नेपालको उत्पादनले केही मूल्य पाउन थालेको अलैंची व्यापारीहरु बताउँछन् । यसअघि लगातार अलैंचीको मूल्यमा गिरावट आउँदा किसान मारमा परेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु