अर्बपति क्लवमा १० वटा बैंक थपिए

२०७३ श्रावण १३ गते, बिहीबार

काठमाडौं, १३ साउन । गत आर्थिक वर्षको नाफाका आधारमा अर्बपति क्लवमा यसपटक थप १० वटा बैंक थपिने भएका छन् । अहिलेसम्म तीनवटा वाणिज्य बैंक एनआइसी एसिया, सिटिजन्स र सानिमा बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन् । ती तीनै बैंकको नाफा पहिलो पटक एक अर्ब रुपैयाँ नाघेको छ । वित्तीय विवरण प्रकाशित नगरे पनि बैंक अधिकारीसँग अनौपचारिक कुरा गर्दा यसपटक नेपाल बैंक, सनराइज, एनएमबी, सिद्धार्थ, प्राइम, नेपाल बंगलादेश, बैंक अफ काठमाडौं लुम्बिनी अर्बपति क्लवमा प्रवेश गरेका छन् ।
अघिल्लो वर्ष अर्ब नाफा कमाउने बैंकमा सरकारी लगानीका राष्ट्रिय वाणिज्य बैंक तथा कृषिविकास बैंक थिए । यस्तै विदेशी लगानीका बैंकमा स्टान्डर्ड चार्टर्ड, एभरेस्ट, हिमालयन, एसआइबी र नविल बैंकको नाफा पनि विगतका केही वर्षदेखि अर्बभन्दा बढी थियो ।
स्वदेशी लगानीका बैंकमा नेपाल इन्भेस्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक तथा प्रभु बैंकको नाफा अर्बभन्दा बढी थियो । बैंक अधिकारीहरुका अनुसार संचालनमा रहेका २८ वटा वाणिज्य बैंकमा एक अर्बभन्दा बढी नाफा गर्ने बैंकको संख्या यस वर्ष २० वटा पुग्ने छ । – अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु