अमेरीकी सेना आतंककारी !

२०७६ पुष २२ गते, मंगलवार

काठमाडौं , २२ पुष । ईरानले अमेरीकी सेनालाई आतककारी संगठनको रुपमा घोषणा गरेको छ । मंगलबार ईरानी जनरल सुलेमानीको हत्याको बिरोधमा भएको कार्यक्रममा यस्तो घोषणा भएको हो । राष्ट्रपति हसन रुहानीले सवोधन गर्दै अमेरीकी राष्ट्रपतिले ५२ ठाँउमा आक्रमण गर्ने भनी दिएको धम्कीको विरोधमा २ सय ९० याद गर्न चेतावनी दिएका थिए । सन् १९७९ मा ५२ अमेरीकी ईरानले कब्जा गरेको थियो भने ईरानको जहाजलाई अमेरीकाले आक्रमण गर्दा सन १९८८ मा २ सय ९० जनाको ज्यान गएको थियो ।
ईरानी विदेश मन्त्री जावेद जरीफ्ले ट्वीट गर्दै सुलेमानीको श्रदाञ्जलीका लागि उत्रिएको मानव सागर कहिल्यै देखेका थियौ ? भन्दै ट्रम्पलाई प्रश्न गरेका छन् ।
उनले महान देश ईरान र यसका जनतालाई अमेरीकाले तोड्न नसक्ने भन्दै पश्चिम एशियाबाट पश्चिमा शैतानीहरुको उपस्थिति समाप्त हुने क्रम शुरु भएको पनि चेतावनी दिए । यो घोषणा पछि ईरानले मध्यपूर्वमा रहेको अमेरीकी सैनिक बेसक्याम्पहरुमा आक्रमण गर्न सक्ने आशका बढेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु