अमेरीकाद्वारा रुससगँको परमाणु सम्झौता तोड्ने चेतावनी

२०७५ कार्तिक ४ गते, आईतवार

काठमाडौं, ४ कार्तिक । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससगँको ईन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स ट्रिटीबाट अलग्गीने चेतावनी दिएका छन् । शनिबार नाभादामा बोल्दै ट्रम्पले १९८७ मा भएको यो सन्धिको रुसले उलंघन गरीरहेको दावी गर्दे यस्तो घोषणा गरेका हुन् । पुर्व सोभियत संघ र अमेरीकाबीच परमाणु हतियारको होड रोक्न यस्तो सहमति भएको थियो ।
अमेरीकी राष्ट्रिय सुरक्षा सल्लाहकार रुस भ्रमणमा गएको र यो भ्रमणमा उनले यो विषयमा जानकारी गराउने पनि ट्रम्पले बताए । यो सन्धिबाट अलग्गिए पछि अमेरीकाले थप परमाणु हतियारको परीक्षण गर्न सक्ने छ । यता रुसबाट सुखोई ४०० मिसाईल सिस्टम खरीद सम्झौता गरेको भारतमाथि अमेरीकाले आफ्नो लडाकु विमान पनि किन्न दवाव दिएको छ । अधिकारीहरुले अमेरीकासगँ पनि हतियार खरीद गरे प्रतिवन्ध नलाग्ने अन्यथा भारतलाई ेृपनि प्रतिवन्ध लगाउने धम्की दिएका छन् ।

प्रतिक्रियाहरु