अमेरिकी सैन्य सेवामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने

२०७३ असार १२ गते, आईतवार

काठमाडौं, १२ असार । अमेरिकी सैन्य सेवामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’काअनुसार यस्तो प्रतिबन्ध आगामी महिनाबाट हट्ने भएको हो । समलिंगीमाथिको प्रतिबन्ध समसामयिक नभएको र सेनाका लागि हानिकारक भएको रक्षामन्त्री एस कार्टरको भनाइ छ ।
अमेरिकी सैन्य सेवामा पहिलो समलिंगी व्यक्ति इरिक फ्यानिङ सैन्य सचिवमा नियुक्त भएपछि यस्तो निर्णय आएको बताइएको छ । समलिंगी अधिकारका लागि काम गर्नेहरुले सरकारी निर्णयको स्वागत् गरेका छन् । अमेरिकी सेनामा १५ हजार समलिंगी रहेको अनुमान छ ।- एजेन्सी

प्रतिक्रियाहरु