अमेरिकी संसदलाई विकिपिडियामा रोक

२०७१ श्रावण १० गते, शनिबार

अमेरिकी संसदलाई विकिपिडियामा रोक
काठमाडौ, १० साउन । सम्पूर्ण विषयको डिजिटल जानकारी राख्ने सफ्टवेर विकिपिडियाले अमेरिकी संसदबाट गरिने सम्पादन कार्यमा रोक लगाएको छ ।
अमेरिकी संसदको प्रतिनिधिसभाको कम्प्युटरबाट विकिपिडियामा राखिएका जानकारीबारे बारम्बार सम्पादन गरी महत्वपूर्ण जानकारीमा क्षति पुराएको भन्दै विकिपिडियाले १० दिनका लागि प्रतिबन्ध लगाएको हो ।
विकिपिडियाका अनुसार प्रतिनिधिसभाका कम्प्युटरबाट अमेरिकी ऐतिहासिक व्यक्तिबारे बारम्बार अफवाह फैलाउने खालका जानकारीहरु राख्न थालिएपछि प्रतिबन्ध लगाइएको हो । अमेरिकी राजनेता तथा व्यवसायी जस्ता व्यक्तिहरुको विकिपिडिया पेजमा गलत जानकारी भरिएको विकिपिडियाले जनाएको छ ।अमेरिकाका पूर्व रक्षामन्त्री डोनाल्ड रम्सफेल्डको बायोग्राफीमा उनलाई एलिएन लिजार्ड अर्थात अन्तरिक्षबाट खसेको व्यक्ति भन्ने थपिएको प्रति विकिपिडियाले आपत्ती जनाएको छ ।विश्वका सबैजसो विषयमा गहिरो जानकारी राख्ने विकिपिडियामा प्रयोगकर्तालाई सम्पादनको अधिकार प्रदान गरिएकाले यस्ता घटना धेरै हुनेगरेका छन् ।

प्रतिक्रियाहरु